वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बाम गठबन्धनविरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा वागी उम्मेदारी दिने आफ्ना नेता कार्यकर्तालाई पार्टी अनुशासनको कारवाही गर्ने भएको छ ।
माओवादी केन्द्रका केही असन्तुष्ट नेता कार्यकर्ताहरुले हुम्लामा वागी उम्मेदवारी दिएका छन् । पार्टीको आधिकारीक उम्मेदवार छिमि दोर्जे लामाबिरुद्ध पूर्व मन्त्री छक्कबहादुर लामाले र सोनाग्याल्जन लामाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ‘पहिला हुम्ला पुरा माओवादीले लिने भनेको थियो । पछि अर्को जिल्लापनि मिलाउनु पर्ने भएकाले छोड्नुप¥यो । त्यहि कारण केहि साथीले उम्मेदवारी दर्ता गराएका छन् । तर, फिर्ता लिनुहुन्छ । यदि लिनुभएन भने पार्टीले कारवाही गर्छ ।’
एमाले धेरै वागी
नेकपा एमालेमा पनि गठबन्धन र स्थायी समितिको निर्देशन विपरित धेरै वागी उम्मेदवार उठेका छन् । जाजरकोटमा वाम गठबन्धनले केन्द्रका लागि साझा उम्मेदवार बनाएका शक्ति बस्नेतबिरुद्ध एमालेका गोविन्द्रविक्रम शाहीले उम्मेदारी दर्ता गराएका छन् ।
मनाङमा एमालेबाट टिकटका लागि सिफारिस भएपनि अन्ततः टिकट नपाएपछि राजिव गुरुङ‘दिपक मनाङे’ले पनि वागी उम्मेदवारी दिएका छन् । मनाङेले एमालेको झण्डासहित उम्मेदवारी दर्ता गर्न गएका थिए ।
बझाङमा पनि वामगठबन्धनका उम्मेदवारबिरुद्ध उम्मेदवारी परेको छ । एमालेकातर्फबाट केन्द्रका उम्मेदवार भैरबबहादुर सिंहबिरुद्ध एमालेकै गोपाल खडकाले उम्मेदारी दिएका हुन् । प्रदेश सभा ‘क’ मा एमालेका अर्जुन थापाबिरुद्ध एमालेकै शेरबहादुर बोहरलाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्राईले भने ‘साथीहरुले कहि थाहा नभएर यस्तो गरेका हुन सक्छन् । उहाँहरुले पार्टीको अनुशासन मान्नुहुन्छ र आफ्नो उम्मेदवारी फिर्ता लिनु हुनेछ । यदि जसले लिदैन, त्यसलाई पार्टीले कारवाही गर्छ ।’
भट्राईले अहिले देश र जनताको हितलाई ध्यानमा राखेर वाम गठनबन्धन बनाएको बताए ।
भने, ‘यसले गर्दा केहि साथीहरुलाई तलमाथि लागेको हुनसक्छ । तर त्यस्तो हुन दिइदैन सबैलाई उचित व्यवस्थापन गरिनेछ ।’ एमालेले यसअघि स्थानीय तह निवर्नचनमा वागी उठ्ने उम्मेदवारलाई पनि कारवाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची