मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

शुक्रबार, ०१ मङ्सिर २०७४, १० : ४२
शुक्रबार, ०१ मङ्सिर २०७४

गोरखा– पालुङटारमा ठूलो सङ्ख्यामा जनता उतारेर आफ्ना प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई मनोवैज्ञानिक थ्रेट गरेका नारायणकाजी श्रेष्ठ बिहान सबेरैदेखि बेलुका अबेरसम्म दौडिरहन्छन् । प्रधानमन्त्री भइसकेका र यसअघि गोरखा–२ बाट निर्वाचन जितेका नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष डा. भट्टराईलाई हराउन उनले गोर्खा–२ कै पूर्व सांसद हितराज पाण्डेलाई साथै लिएर हिँड्ने गरेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड सवार हेलिकप्टर उडेपछि पालुङटारमा उनलाई घेरा हाल्ने र तानातान गर्ने कार्यकर्ता पङ्क्ति ठूलै थियो । स्वदेशी र विदेशी पत्रकार उनको समय कुरिरहेका थिए । ‘एकैछिन है’ भन्दै सबैलाई पन्छाएर रातोपाटीसँग कुरा गर्न राजी भएका श्रेष्ठले गोरखा–२ को चुनाव आफ्ना लागि सामान्य भएको र सजिलै जित्ने बताए । ‘यो क्षेत्रको चर्चा धेरै छ, तर चुनौती छैन’ उनले भने– ‘हामी सजिलै जित्छौँ, त्यो पनि अत्यधिक मत अन्तरको साथमा ।’

निकै कडा टक्कर हुने अनुमान गरिएको गोरखा–२ को निर्वाचनमा केन्द्रित रहेर वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग रातोपाटीले गरेको सङ्क्षिप्त कुराकानी :

देशका केही मात्र निर्वाचन क्षेत्रमध्ये चुनौतीपूर्ण भनिएको, कडा टक्कर हुने क्षेत्रमा पर्छ गोरखा–२, यसमा तपाईंले चाहिँ कत्तिको चुनौती फिल गर्नुभाछ ?
हैन, बढी चर्चा भएको क्षेत्र चाहिँ हो, चुनौती भएको क्षेत्र हैन । हामी सजिलै जित्छौँ, मलाई चुनौती महसुस भएकै छैन ।


पालुङटारमा प्रचण्ड र केपी ओलीले भाषण गरेपछि तपाईंलाई कत्तिको सुविधा भएको छ ?
दुई पार्टीका शीर्षस्थ नेतृत्वहरू, जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर नेपालमा राजनीतिक अस्थिरताको अन्त्य गर्दै बहुमतको वामपन्थी सरकार बनाएर देशलाई विकास र संमृद्धितर्फ लैजाने घोषणा गर्नुभएको छ । उहाँहरूको आगमन आफैंले पनि जनतालाई उत्साहित गर्नु मनोबल उठाउनु स्वभाविक छ । त्यसकारण, हाम्रो विजयको सुनिश्चिततामाथि अत्यधिक बहुमतद्वारा विजयको निम्ति उहाँहरूको भ्रमण र सम्बोधनले निकै ठूलो योगदान पुर्याएको छ ।
मलाई चुनौती नै छैन, सजिलै जित्छु भन्नुभो तर जित्ने आधार चाहिँ के हो ?
जितको आधार प्रष्टै छ, पहिलो कुरा त हाम्रो वैचारिक राजनीतिक  लाइन वामपन्थी गठबन्धनको मात्रै प्रष्ट छ । राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै संविधानको क्रियान्वयन र विकास गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामाजिक न्यायसहितका समृद्धि हासिल गर्ने र समाजवादको आधार तयार गर्ने, एकदम प्रष्ट लाइन छ ।

अरू हाम्रो प्रतिस्पर्धामा आउनेहरूको कुनै लाइन छै्रन, अकर्मण्यता छ । त्यसकारण जनतालाई गोलबद्ध गर्न सक्ने हाम्रो पहिलो आधार त्यही नै भइहाल्यो ।

दोस्रो कुरा, जनताले सरल भाषामा भन्दा विकास र समृद्धि चाहेका छन् । राजनीतिक रूपमा हामिले जे अधिकार र उपलब्धि हासिल गर्यौँ, त्यसलाई जनताकै काखमा, उसकै पोल्टामा नै परिवर्तनको अनुभूति हुनेगरी विकास र समृद्धि दिनुपरेको छ । हामी बहुमतको सरकार बनाउँदै छौँ भन्ने कुरा जनताले राम्ररी बुझेको छ । कम्युनिस्ट सरकारले विकास निर्माण गर्छ भन्नेकुरा जनताले बुझेका छन् । त्यसका आधारमा पनि जनताले हामीलाई समर्थन गर्ने प्रष्ट छ ।

तेस्रो कुरा चाहिँ, हामी नेपालमा लोकतन्त्रलाई सुदृढ गर्दै लोकतान्त्रिक संस्कृतिको विकास गर्न चाहन्छौँ । हाम्रो प्रतिस्पर्धामा आउने साथीहरूको मौकावाद, अवसरवाद, व्यक्तिवाद नेपालको राजनीतिमा देखापरेको एउटा विकृति हो । त्यो विकृतिको विरुद्ध हामीले नेपालको राजनीतिलाई सफाइ गर्ने अभियान चलाइराखेका छौं ।

त्यसकारण लोकतान्त्रिक संस्कृति र लोकतन्त्रको सुदृढीरणको क्रममा रहेको कारणले पनि हाम्रो विजयको आधार छ । हामी एउटा दर्शन, विचार, सिद्धान्त, कार्यक्रम र मूल्यमान्यतामा आधारित छौँ । अरू त्यस्तो कोही देखापरेन्, त्यसैले पनि हाम्रो प्रभाव छ, हामी जित्छौँ ।

चौथो कुरा चाहिँ, नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने नेपालको माग हो, वस्तुगत आवश्यकता हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवाद उन्मुख राज्यको संविधानको अवरधारणालाई लागू गर्दै अन्ततः समाजवाद निर्माण ऐतिहासिक आवश्यकता हो । यसको विरुद्धमा जाने र यसको पक्षमा रहने सङ्घर्ष जारी छ । त्यसकारण कम्युनिस्ट आन्दोलनका एकताकै पक्षमा गोरखाली जनताले मतदान गर्छन् ।

उहाँले माओवादी भएर पार्टीको नेतृत्व गर्नुभयो । त्यसपछि माक्र्सवाद, माओवाद, कम्युनिस्ट आन्दोलन ठीक छैन, कम्युस्टि पार्टी नेतृत्वको क्रान्ति प्रक्रियामा अब लागिरहनु उपयुक्त छैन भनेर जानुभो । त्यो हाम्रो विचारको अवसरवाद हो ।

पाँचौँ कुरा, नेपाली काङ्ग्रेसका साथीहरू केन्द्रले निर्णय गर्दैमा हाम्रो प्रतिस्पर्धी उम्मेदवारलाई पूर्ण समर्थन गर्ने पक्षमा देखिएका छैनन् । काङ्ग्रेसका जेल, नेल गएका, त्याग गरेका लोकतान्त्रिक मूल्य मान्यताप्रति विश्वास राख्ने साथीहरूले पनि हामीलाई नै समर्थन गर्ने आशा राखेका छौँ ।

हिजो बाबुराम भट्टराई र तपाईं एउटै झण्डामुनि हुनुहुन्थ्यो, एउटै जिल्लावासी पनि, किन अहिले व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिनुभएको ?
व्यक्तिगत आरोप प्रत्यारोप मैले केही पनि लगाएको छैन । किन लाउने मैले व्यक्तिगत आरोप ? उहाँ दर्शन, विचार, सिद्धान्त, राजनीति, नीति–नैतिकता, मूल्य मान्यता छाडेर जानुभो, त्यो चाहिँ विचलन हो । त्यसको मात्रै हामीले चाहिँ ध्यानाकर्षण गराएका छौँ । हामीले त व्यक्तिगत आलोचना, टिप्पणी त गर्नु नै पर्दैन । हाम्रो त्यो संस्कृत्तिको पक्षधर पनि हैनौँ र हाम्रो त्यो आवश्यकता पनि छैन ।


 
तपाईंले दलाल, अवसरवादी भन्नुभा’छ, डा. भट्टराईले पनि तपाईंलाई अवसरवादी भन्नुभएको छ नी ?
हैन, भन्ने कुरा र हुने कुरा फरक हो । उहाँले माओवादी भएर पार्टीको नेतृत्व गर्नुभयो । त्यसपछि माक्र्सवाद, माओवाद, कम्युनिस्ट आन्दोलन ठीक छैन, कम्युस्टि पार्टी नेतृत्वको क्रान्ति प्रक्रियामा अब लागिरहनु उपयुक्त छैन भनेर जानुभो । त्यो हाम्रो विचारको अवसरवाद हो ।

अनि उहाँ नयाँ शक्ति भन्नु, नयाँशक्ति पनि टिक्न नसकेपछि, बन्न नसकेपछि फेरी मधेश केन्द्रित पार्टी सङ्घीय समाजवादी फोरमसँग एकता गर्न पहल गर्नुभो । त्यहाँ पनि एकता भएन, त्यसपछि स्थनीय चुनावमा जानुभो । स्थानीय चुनावमा जनताले समर्थन गरेनन्, सर्मनाक पराजय भयो । त्यसपछाडि फेरि एमाले र माओवादीले पार्टी एकता गर्ने घोषणा गर्दा र चुनावी गठबन्धन गरेर जाने निर्णय गर्दा फेरि एकीकृत कम्युनिस्ट पार्टी बनाउँछु भन्नेमा आइपुग्नुभयो, के हो त अवसरवाद ?

वाम गठबन्धनभित्र अलिकति धैर्य गरेर त्यो निर्णय प्रक्रियालाई परिपक्व हुन दिने ठाउँमा पनि नगएर उहाँले वामपन्थी गठबन्धन छाड्नुभो । केही समयपछि फेरि काङ्ग्रेससँग सहकार्य गर्नतिर लाग्नुभो । भनेपछि यो के हो ? त्यसकारण हामीले आरोप लगाएको हैन नि, तथ्य मात्र राखिदिएको हो ।

अब नेपालमा आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउने र समाजवादको आधार निर्माण गर्ने सन्दर्भमा समाजवादको आधार के हो भनेर नमुना समृद्धिको जिल्लाको रूपमा गोरखालाई रूपान्तरण गर्छौं ।

तपार्इंले आफैंले पनि भन्नुभो, समाजवाद, साम्यवाद जनताले बुझ्दैनन्, सोझो भाषामा जनताले विकास बुझ्छन् । डा. भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा धेरै काम गर्नुभएको छ, त्यो गुनलाई भोटमार्फत फिर्ता गर्नुपर्छ भन्ने जनताको पङ्क्ति पनि होला नि ?
यसो हो, जनता लाटा छैनन् । उहाँलाई हाम्रो पार्टीले अर्थमन्त्री, प्रधानमन्त्रीको जिम्मेवारी दिएर यो काम गराएको हो । उहाँलाई पार्टीले सरकारको जिम्मेवारी दिँदा, अर्थमन्त्रीको जिम्मेवारी दिँदा पनि विकासको जत्ति काम हुनुपर्ने थियो त्यति भएन भन्ने जनताको गुनासो छ । अनि जत्ति विकास गरेका थियौँ, त्यो सरकारले गरेको हो । सरकारको नेतृत्व पार्टीले उहाँलाई दिएको हो । उहाँले व्यक्तिगत रूपमा आफ्नो व्यक्तिगत हैसियतले गरेको हैन । व्यक्तिगत हैसियतले गरेको भए, हाम्रो पार्टी छाडिसकेपछि गोरखाली जनताले प्रश्न गरेका छन्, कतिवटा विकास ल्याउनुभो ? व्यक्तिगत रूपले काम गरेको हो ? एउटा सिन्को भाँच्नुभो ? अनि त्यो पार्टीको सरकारले गरेको कि उहाँले ? जनता लाटा छन्, जनताले बुझ्दैनन् ?


काङ्ग्रेसबाट भोट तान्नका लागि तपाईंहरू दुवै प्रतिस्पर्धामा रहेको, त्यसका लागि तपाईंले जनयुद्धमा थिइनँ  भन्दै प्रचार गर्नुभएको चर्चा सुनिन्छ, के हो ?
त्यो, बेकारको कुरा हो । काङ्ग्रेसलाई भोट तान्नका लागि मैले जनयुद्धमा थिइनँ भनेर भन्नुपर्दैन । मैले त्यो भन्या पनि छैन, तथ्य केहो भने, म त्यतिखेर बाहिर थिएँ । तर जनयुद्धको रक्षा गर्न र जनयुद्धलाई शान्ति प्रक्रियामा लिएर आउन मैले भूमिका खेलेको हुँ । तर मैले काङ्ग्रेसको मत आकर्षित गर्ला भनेर त्यो प्रचार गर्नुपर्ने कुनै आवश्यकता देख्दिनँ ।

मैले काङ्ग्रेसलाई अपिल गर्नुपर्ने आवश्यकता केमा मात्र छ भने लोकतान्त्रिक संस्कृतिको विकास र लोकतन्त्रको सुदृढीकरणमा लाग्नुहुन्छ कि लाग्नुहुन्न ? तपाईं राजनीतिक अस्थिरताको अन्त्य गरेर देशलाई विकास गर्ने र विकासको प्रतिफल गोरखाली जनताले पनि प्राप्त गरून भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न ? यत्ति मात्रै मैले काङ्ग्रेसका साथीहरूलाई विचार गर्नुस् भनेको हुँ । काङ्ग्रेसका साथीहरू आफैंले वक्तव्य निकालेर केन्द्रको निर्णय मान्ने पक्षमा छैनौँ, हामी विवेक प्रयोग गर्र्छौं भनेर त्यत्रो पुराना सिनियर गोरखाका नेताहरूले वक्तव्य दिनुभएछ भने त्यो त उहाँहरूको विवेकको कुरा हो । उहाँहरूको विवकेलाई हामीले अवमूल्यन गर्नुभएन ।

तपार्इंका विकासे एजेन्डा चाहिँ के–के छन् ?
हाम्रो प्रष्ट छ, नेपाललाई त हामीले विकासको नयाँ मोडेल विकास गरेर देखाउँछाँै । आर्थिक वृद्धि, सामाजिक न्याय, पर्यावरणमैत्री यी तीनवटा विशेषतासहितको नयाँ नेपाल बनाउँछौँ ।

गोरखालाई पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकसित गर्छौं । हाम्रा टारहरू, हाम्रा जमिनहरू पूरै सिंचाइ गरेर खाद्यमा आत्मनिर्भर बनाउने मात्रै हैन, देशलाई नै आत्मनिर्भर बनाउन योगदान गर्नेछौँ ।

हाम्रो पूर्वाधार खासगरी बाटोघाटोको हकमा महत्वपूर्ण बाटोहरू सबै पीच गर्छांै । सबै सडकहरूलाई बाह्रै महिना चल्ने स्तरको हुनेगरी स्तरउन्नती गर्छौं । उत्तरमा जडीबुटी राम्रो खेती हुन्छ, जडीबुटी खेतीलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अगाडि बढाउने र जडीबुटी प्रशोधन केन्द्रहरू खोल्ने, फलफूल खेतीहरू अगाडि बढाउने र उत्तरमा चीनसँगको नाका खोलेर गोर्खालाई उत्तर र दक्षिणका बीच सम्पर्क र व्यपारिक मार्गका रूपमा विकसित गर्ने हाम्रो नीति रहने छ ।

अब नेपालमा आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउने र समाजवादको आधार निर्माण गर्ने सन्दर्भमा समाजवादको आधार के हो भनेर नमुना समृद्धिको जिल्लाको रूपमा गोरखालाई रूपान्तरण गर्छौं ।

तपाईंले जित्छु भन्नुभो, आधार पनि प्रस्तुत गर्नुभयो, मतअन्तर कत्ति होला भन्ने आँकलन गर्नुभएको छ ?
मतअन्तर अरूले आँकलन गरेको भन्दा धेरै हुन्छ, म यत्ति मात्र भन्न चाहन्छु । अत्यधिक मतले मतअन्तरले जित्छु ।

रातोपाटी @ ब्याटल ग्राउन्ड 

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप