यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर १० र २१ गते दुई चरणमा चुनाव हुँदैछ । निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । नयाँ क्षेत्र निर्धारणपछि हुन लागेको चुनाव भएकाले मतदाताहरुको निर्वाचन क्षेत्र हेरफेर पनि भएको छ ।
मतदाताका हिसावले सवैभन्दा बढी मतदाता रहेका १० जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, बारा, काठमाडौं, चितवन, रुपन्देही र कैलाली हुन् । १ सय ६५ प्रतिनिधिसभाका सदस्यका लागि यी १० जिल्लाबाट ५० जना निर्वाचित हुनेछन् । र, यी जिल्लाबाट प्रदेशसभाका १ सय सांसद निर्वाचित हुनेछन् ।
मोरङमा मतदाता ६ लाख ४४ हजार ७८५ छन्, जहाँ प्रतिनिधिसभाका ६ सिट र प्रदेशका १२ सिट छन् ।
काठमाडौंमा मतदाता ६ लाख ३ हजार ६२० छन्, जहाँ प्रतिनिधिसभाका १० सिट र प्रदेशका २० सिट छन् ।
झापामा मतदाता ५ लाख ८५ हजार २२८ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
रुपन्देहीमा मतदाता ५ लाख २२ हजार ५९६ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
सुनसरीमा मतदाता ४ लाख ७४ हजार ३०० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
कैलालीमा मतदाता ४ लाख ६० हजार ५८० छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
धनुषामा मतदाता ४ लाख ४ हजार हजार ६६९ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
सर्लाहीमा मतदाता ३ लाख ८५ हजार ५७० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
चितवनमा ३ लाख ५४ हजार ३५ छन्, जहाँ प्रतिनिधिसभाका ३ सिट र प्रदेशका ६ सिट छन् ।
बारामा मतदाता ३ लाख ४९ हजार ९४७ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
पहिलो चरणमा मंसिर १० गते ७ वटा प्रदेशका ३२ जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा मंसिर २१ गते सात वटै प्रदेशका ४५ जिल्लामा निर्वाचन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण