यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर १० र २१ गते दुई चरणमा चुनाव हुँदैछ । निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । नयाँ क्षेत्र निर्धारणपछि हुन लागेको चुनाव भएकाले मतदाताहरुको निर्वाचन क्षेत्र हेरफेर पनि भएको छ ।
मतदाताका हिसावले सवैभन्दा बढी मतदाता रहेका १० जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, बारा, काठमाडौं, चितवन, रुपन्देही र कैलाली हुन् । १ सय ६५ प्रतिनिधिसभाका सदस्यका लागि यी १० जिल्लाबाट ५० जना निर्वाचित हुनेछन् । र, यी जिल्लाबाट प्रदेशसभाका १ सय सांसद निर्वाचित हुनेछन् ।
मोरङमा मतदाता ६ लाख ४४ हजार ७८५ छन्, जहाँ प्रतिनिधिसभाका ६ सिट र प्रदेशका १२ सिट छन् ।
काठमाडौंमा मतदाता ६ लाख ३ हजार ६२० छन्, जहाँ प्रतिनिधिसभाका १० सिट र प्रदेशका २० सिट छन् ।
झापामा मतदाता ५ लाख ८५ हजार २२८ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
रुपन्देहीमा मतदाता ५ लाख २२ हजार ५९६ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
सुनसरीमा मतदाता ४ लाख ७४ हजार ३०० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
कैलालीमा मतदाता ४ लाख ६० हजार ५८० छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।
धनुषामा मतदाता ४ लाख ४ हजार हजार ६६९ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
सर्लाहीमा मतदाता ३ लाख ८५ हजार ५७० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
चितवनमा ३ लाख ५४ हजार ३५ छन्, जहाँ प्रतिनिधिसभाका ३ सिट र प्रदेशका ६ सिट छन् ।
बारामा मतदाता ३ लाख ४९ हजार ९४७ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।
पहिलो चरणमा मंसिर १० गते ७ वटा प्रदेशका ३२ जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा मंसिर २१ गते सात वटै प्रदेशका ४५ जिल्लामा निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी