शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

शनिबार, १८ कात्तिक २०७४, ११ : ५६
शनिबार, १८ कात्तिक २०७४

शम्भु दंगाल/ लिलु डुम्रे


काठमाडौं–पहिलो र दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै दलहरुले चुनाव प्रचार प्रसारलाई अगाडि बढाई सकेका छन् । आफ्नो जित हारमा स्थानीय तहको चुनावी अंकगणित हुन सक्ने भन्दै उम्मेदवारहरुले त्यहाँ चासो राखेका छन् । धेरै मत ल्याएकाले स्थानीय तहको मत सुरक्षामा चासो दिएका छन् भने कम मत पाउने पार्टीले अर्कोपक्षबाट मत तान्ने रणनीति बनाईरहेका छन् ।

हामीले प्रदेश नं. ७ का ९ जिल्लाका १५ निर्वाचन क्षेत्रमा स्थानीय तहमा दलले पाएको मतको आधारमा उनीहरुको अवस्था जान्ने प्रयास गरेका छौँ । अघिल्लो निर्वाचनको आधारमा कैलाली १ मा बामगठबन्धन भन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ भने बाँकी १४ क्षेत्रमा बामगठबन्धन अगाडि देखिएको छ ।
कैलाली २ मा कांग्रेस बामगठबन्धन भन्दा २ हजार मत हाराहारीले पछाडि रहेको छ । यो क्षेत्रमा कांग्रेसले साना दलसँग तालमेल गर्ने हो बामगठबन्धनलाई ठूलो चुनौति बन्न सक्छ ।

अन्य निर्वाचन क्षेत्रहरुमा बामगठबन्धन फराकिलो मतले अगाडि देखिएको छ । यसआधारमा प्रदेश ७ मा बामगठबन्धन कम्तिमा १३ क्षेत्रमा अगाडि आउने सम्भावना छ ।
१) बाजुरा
यहाँ प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ ।  

बाजुरामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजुरामा ५ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट प्रतिनिधिसभा तर्फ कविराज पण्डित, प्रदेश क्षेत्र नं १ बाट जनकराज गिरी र प्रदेश क्षेत्र नं २ बाट पदमबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नेकपा एमाले र माओवादीको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबहादुर थापा, प्रदेश नं १ क्षेत्रमा बलदेव रेग्मी र प्रदेश नं २ क्षेत्रमा प्रकाश शाहले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा दलका प्रमुखले पाएको मतका आधार मान्ने हो भने बाजुरामा नेपाली कांग्रेसले २३ हजार २ सय ३ मत पाएको थियो । यस्तै एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो भने माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत ल्याएको थियो ।
यो जिल्लामा बाम गठबन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन कांग्रेसले पाएको मत भन्दा ३ हजार ३ सय २२ मत बढी हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता छन् ।

२) अछाम
अछाममा आगामी मंसिर २१ गते प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा निर्वाचनका लागि २ क्षेत्र रहेको अछामका दुई निर्वाचन क्षेत्रमा कूल १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।
 

अछाम क्षेत्र नं. १
अछाम क्षेत्र नं. १ मा प्रतिनिधिसभा सभा निर्वाचनका लागि बामगठबन्धनबाट भीम रावल र कांग्रेसबाट भरतकुमार स्वाँरले उम्मेदवारी दिएका छन् । यस्तै बामगठबन्धनबाट प्रदेश क र ख मा गोविन्द बहादुर कुँवर र झपड बोहोरा उठेका छन् भने कांग्रेसबाट क र ख मा मेघराज खड्का र टेक बहादुर साउदले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ मा ६८ हजार ५ सय ९३ मतदाता रहेका छन् ।
अछाम क्षेत्र नं. १ मा गत स्थानीय तहको निर्वाचमा मोटामोटी रुपमा कांग्रेसले १८ हजार २ सय ९७, नेकपा एमालेले १८ हजार २१ र माओवादी केन्द्रले १२ हजार १ सय ७७ मत ल्याएको थियो ।
यसआधारमा यहाँ बाम गठबन्धनको पक्षमा ३० हजार १ सय ९८ मत रहेको छ, जुन कांग्रेसको भन्दा ११ हजार ९ सय १ मत बढी रहेको छ ।
 

अछाम क्षेत्र नं. २
अछाम क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६८ हजार ३ सय १० मतदाता रहेका छन् । यहाँ बामगठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनका लागि यज्ञ बोगटी र प्रदेशसभा निर्वाचनका लागि अक्कल बहादुर रावल र बलबहादुर रोडारीले उम्मेदवारी दिएका छन् । यस्तै कांग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि पुष्पबहादुर शाह र प्रदेशसभा निर्वाचनका लागि मेघराज खड्का र टेकबहादुर साउदले उम्मेदवारी दिएका छन् ।
अछाम क्षेत्र नं. २ का स्थानीय तहको प्रमुख तथा वडाध्यक्षले पाएको मतको मोटामोटी आधारमा नेपाली कांग्रेसले १८ हजार ८ सय ४०, एमालेले १७ हजार १० र माओवादी केन्द्रले ८ हजार ५ सय ६२ मत पाएको छ । यसआधारमा यहाँ बाम गठबन्धनको पक्षमा २५ हजार ५ सय ७२ मत छ जुन नेपाली कांग्रेसको तुलनामा ६ हजार ७ सय ३२ मत बढी छ ।

३) बझाङ  
बझाँङमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र एमालेका भैरबबहादुर सिंह प्रतिष्पर्धामा छन् । यस्तै प्रदेशसभा निर्वाचनका लागि बामगठबन्धनबाट क्षेत्र नं. क मा एमालेबाट अर्जुन थापा  र ख मा माओवादी केन्द्रबाट देवकी मल्लको उम्मेदवारी परेको छ । यस्तै कांग्रेसबाट क मा चन्द्रदेवी जोशी र ख मा नरेश बहादुर सिंहको उम्मेदवारी परेको छ ।
बझाँङमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो । यहाँ गठबन्धनको ४१ हजार मत छ जुन कांग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो ।
४) डोटी 
डोटीमा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका प्रेम आलेमगर र कांग्रेसका पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रर्तिष्पर्धा हँुदैछ ।
डोटीमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार ५ सय ४२ मत पाएको थियो । यस्तै एमालेले २७ हजार ८ सय ८९ मत ल्याएको थियो भने माओवादी केन्द्रले ७ हजार ८ सय ६४ मत ल्याएको थियो । यहाँ बाम गठबन्धनको कूल मत ३५ हजार ७ सय ५३ मत छ जुन कांग्रेसले पाएको मत भन्दा ७ हजार २ सय ११ मत बढी हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख ६ हजार  ५ सय ४३ मतदाता छन् ।  

५) कैलाली 
कैलालीमा प्रतिनिधि सभा निर्वाचनका लागि ५ र प्रदेशसभा निर्वाचनका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा कूल ४ लाख ६० हजार ५ सय ८० मतदाता छन् ।

कैलाली क्षेत्र नं. १  
कैलाली क्षेत्र नं. १ मा मंसिर २१ गते हुने दुई निर्वाचनका लागि ९३ हजार ६ सय ७३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि बामगठबन्धनबाट गरिमा शाह र कांग्रेसबाट इश्वरी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् । यस्तै प्रदेशतर्फ बामगठबन्धनबाट क र ख मा लालवीर चौधरी र नेपबहादुर चौधरीले उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट जनक चौधरी र रणबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा मोटामोटी रुपमा कांग्रेसले ११ हजार २ सय ५४, नेकपा एमालले ९ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार २ सय ३१ र फोरम लोकतान्त्रिकले १२ हजार ९९ मत पाएका थिए । यहाँ बाम गठबन्धनको पक्षमा १९ हजार ८ सय ७२ मत छ भने कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ५३ हुन्छ ।  यस आधारमा हेर्दा नेपाली कांग्रेस ३ हजार ८ सय ६१ मतले अगाडि देखिन्छ ।

कैलाली क्षेत्र नं. २  
कैलाली क्षेत्र नं. २ मा ८९ हजार ७ सय ९३ मतदाता रहेका छन् । कैलाली २ मा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट एमालेका झपट रावल र कांग्रेसका मोहनसिंह राठौर बिच प्रतिष्पर्धा हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा यहाँ मोटामोटी रुपमा नेपाली कांग्रेसले १४ हजार ५०, एमालेले १४ हजार ४ सय १७, माओवादी केन्द्रले १० हजार ९ सय ३६ र फोरम लोकतान्त्रिकले ८ हजार ३ सय ८५ मत पाएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको २५ हजार ३ सय ५३ मत रहेको भने नेपाली कांग्रेस गठबन्धनको २२ हजार ४ सय ३५ मत रहेको छ । अर्थात यहाँ नेपाली कांग्रेस भन्दा बाम गठबन्धन २ हजार ९ सय १८ मतले अगाडि रहेको छ ।  

कैलाली क्षेत्र नं. ३  
कैलाली क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि ९१ हजार ८ सय ३३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट माओवादी केन्द्रका गौरी शंकर थारु, कांग्रेसका रामजनम चौधरी र संघीय समाजवादी फोरमबाट गोमती पुजारा चुनावी प्रर्तिष्पर्धामा रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. ३ मा कांग्रेसले १२ हजार ४ सय ६८, नेकपा एमालेले ११ हजार ६ सय, माओवादी केन्द्रले १६ हजार १ सय ९८ र फोरम लोकतान्त्रिकले ७ हजार ३ सय ११ मत ल्याएको थियो ।

यस आधारमा हेर्दा क्षेत्र नं. ३ मा बामगठबन्धनको पक्षमा २७ हजार ७ सय ९८ मत छ  भने कांग्रेस र सो पार्टीमा बिलय भएको फोरम लोकतान्त्रिकको मत जोड्दा १९ हजार ७ सय ७९ हुन्छ । अर्थात यहाँ नेपाली कांग्रेस ८ हजार १९ मतले पछाडि रहेको छ ।

कैलाली क्षेत्र नं. ४  
कैलाली क्षेत्र नं.४ मा आगामी निर्वाचनका लागि ९३ हजार ३ सय ८४ मतदाता छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट  माओवादी केन्द्रका लेखराज भट्ट, कांग्रेसका सुनिलकुमार भण्डारी र संघीय समाजवादी फोरमका श्रीचन्द्र श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा कांग्रेसले १६ हजार २ सय ५, नेकपा एमालेले १८ हजार ६ सय ६४ र माओवादी केन्द्रले १४ हजार ६८ मत पाएको थियो ।

यसआधारमा यहाँ बाम गठबन्धनको ३२ हजार ७ सय ३२ मत छ जुन कांग्रेसले पाएको मत भन्दा १६ हजार ५ सय २७ मत बढी हो ।

कैलाली क्षेत्र नं. ५  
आगामी निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ मा ९१ हजार ८ सय २० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा एमालेका नारदमुनी राना र कांग्रेसकी डा.आरजु राणा देउवाबिच प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले १४ हजार ३ सय २४, नेकपा एमालेले ९ हजार ९ सय ४६, माओवादी केन्द्रले १० हजार २ सय ९ र स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए ।
यसअनुसार यहाँ बाम गठबन्धनको २१ हजार ८ सय ७८ मत छ, जुन नेपाली कांग्रेसले पाएको मत भन्दा ७ हजार ५ सय ५४ मत बढी हो । स्वतन्त्र उम्मेदवारले पाएको मत नै निर्यायक हुने देखिएको छ ।

६) दार्चुला  
दार्चुलामामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका विक्रमसिंह धामी र एमालेका गणेशसिंह ठगुन्नाबिच प्रर्तिष्पर्धा हुँदैछ ।  
याहाँ स्थानीय तहको निर्वाचनमा मोटामोटी रुपमा कांग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ जुन नेपाली कांग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो ।
दार्चुलामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभा निर्वाचनका लागि १ मात्र क्षेत्र रहेको छ ।

७) बैतडी 
बैतडीमा प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका नरबहादुर चन्द र एमालेका दामोदर भण्डारी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ जुन नेपाली कांग्रेसले पाएको मत भन्दा १६ हजार १ सय २७ मत बढी हो । प्रतिनिधिसभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता रहेका छन् ।

८) डडेल्धुरा  
आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा रोचक चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । १ निर्वाचन क्षेत्र रहेको यहाँ कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता खगराज भट्टबीच प्रतिष्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा कांग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको थियो । एमालेले १६ हजार ९ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको थियो । यहाँ गठबन्धन दलको २७ हजार ८ सय ६० मत छ जुन कांग्रेसले ल्याएको मत भन्दा ८ हजार ३ सय ३७ बढी हो । यसआधारमा यहाँ आफ्नो जित निकाल्न काँग्रेस सभापति देउवाले ८ हजार बढी भोट बढाँउनुपर्नेछ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको डडेल्धुुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् ।

९) कञ्चनपुर
कञ्चनपुरमा तिन निर्वाचन क्षेत्र रहेका छन् भने आगामी निर्वाचनका लागि जिल्लामा कूल २ लाख ६४ हजार ९ सय ७५ मतदाता रहेका छन् ।

कञ्चनपुर क्षेत्र नं. १  
कञ्चनपुर क्षेत्र नं. १ मा आगामी निर्वाचनका लागि ८८ हजार ५७ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट माओवादी केन्द्रकी विना मगर र कांग्रेसका दिवानसिंह विष्टवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट मोटामोटी रुपमा कांग्रेसले १५ हजार ४ सय २२, एमालले १८ हजार २६ र माओवादी केन्द्रले १५ हजार ६ सय २० मत पाएको थियो । यसअनुसार यहाँ बामगठबन्धनको ३३ हजार ६ सय ४६ मत रहेको छ जुन कांग्रेसले पाएको मत भन्दा १८ हजार २ सय २४ मत बढी हो

कञ्चनपुर क्षेत्र नं. २
कञ्चनपुर क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि ८९ हजार ७ सय ९३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा एमालेका नरबहादुर शाही र कांग्रेसका नारायण प्रकाश साउदबचि चुनावी प्रतिष्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १७ हजार २२, नेकपा एमालेले १८ हजार २ सय २५ र माओवादी केन्द्रले १३ हजार २ सय ५९ मत ल्याएको थियो । यहाँ बामगठबन्धनको पक्षमा ३१ हजार ४ सय ८४ मत छ जुन कांग्रेसले पाएको मत भन्दा १४ हजार ४ सय ६२ मत बढी हो ।

कञ्चनपुर क्षेत्र नं. ३  
कञ्चनपुर क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि ८७ हजार १ सय २५ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट एमालेका दीपकप्रकाश भट्ट र कांग्रेसका रमेश लेखकवीच प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ मा मोटामोटी रुपमा नेपाली कांग्रेसले १७ हजार १ सय ६१, नेकपा एमालेले १७ हजार ३३ र माओवादी केन्द्रले ६ हजार ८९ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २३ हजार १ सय २२ मत देखिन्छ जुन नेपाली कांग्रेसले पाएको मत भन्दा ५ हजार ९ सय ६१ धेरै छ ।  

समग्र ७ नंबर प्रदेशमा यस्तो छ दलहरुको अवस्था 
प्रदेश नं. ७ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि खसेको मतमध्ये कूल ८ लाख ६६ हजार १ सय ४१ मत सदर मत थियो । स्थानीय तह प्रमुखलाई खसेको मतका आधारमा हामीले यो विश्लेषण तयार पारेका हौँ । यस आधारमा विभिन्न राजनीतिक दलले प्रदेश नं. ७ मा पाएको मत विवरण र प्रतिशत यस्तो छ ।
१) नेपाली कांग्रेसको ३४ दशमलव ७३ प्रतिशत अर्थात ३ लाख ८ सय ७४ मत
२) नेकपा एमालेको ३३ दशमलव ८९ प्रतिशत अर्थात २ लाख ९३ हजार ५ सय ७३
३) माओवादी केन्द्रको २० दशमलव ४२ प्रतिशत अर्थात १ लाख ७६ हजार ९ सय ४४ मत
४) राप्रपाको ३ दशमलव ३६ प्रतिशत अर्थात २९ हजार १ सय ८६
५) संघीय समाजवादी फोरमको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ७७ मत
६) फोरम लोकतान्त्रिकको ३ दशमलव ७५ प्रतिशत अर्थात ३२ हजार ४ सय ८१ मत
७) नयाँ शक्तिको ० दशमलव ७५ प्रतिशत अर्थात ६ हजार ५९ मत
८) राष्ट्रिय जनमोर्चाको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ६१ मत
प्रदेश नं. ७ मा कुल मतको हिसाव गर्दा कांग्रेस पहिलो स्थानमा छ ।

दोश्रो स्थानमा रहेको एमाले भन्दा कांग्रेस ७ हजार ३ मतले अगाडि रहेको छ । तर ७ नंबर प्रदेशमा बामगठबन्धनको कूल मत भने ४ लाख ७० हजार ५ सय १७ मत रहेको छ । जुन कांग्रेसको कूल मत भन्दा १ लाख ६९ हजार ६ सय ४३ मत बढी छ । प्रत्यक्ष निर्वाचनमा दलले उठाएका उम्मेदवारको ब्यक्तित्वका कारण पनि केही भोटमा तलमाथि हुने गर्दछ, यसको लाभ कसलाई हुने हो चुनावपछि मात्र थाहा हुनेछ ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप