ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २४ घण्टा नवित्दै डा. बावुराम भट्टाराईले तात्तातै जवाफ दिएका छन् । लाल बादशाहहरु हेलिकप्टर चढेर गाली गर्न गोरखामा आउनु पर्ने ? उनले भने, ‘जनतासँगै हिड्ने, बस्ने सुखदुःखमा रहनेलाई रोज्ने की हेलिकप्टर चढेर आउनेलाई रोज्ने ?’ भट्टराईले गोराखाको रानीटारमा आयोजित चुनावीसभामा यस्तो बताएका हुन् ।
प्रचण्डले दिउँसो गोरखाको चुनावीसभामा बोल्दै बाबुरामलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका थिए । त्यस्तै एमाले अध्यक्ष केपी ओलीले भट्टराईप्रति लक्षित गर्दै 'कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन' भनेका थिए ।
ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री, अब बामपन्थी आँधी आउँछ
यसको जवाफमा बाबुरामले भने, ‘जनतासँगै हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने, विकास निर्माणका काम गर्ने मलाई रोज्ने कि हेलिकप्टर चढेर आएर अरुलाई गाली मात्रै गर्ने लालबादशाहलाई रोज्ने ?’
प्रचण्ड र ओलीको भनाईलाई लक्षित गर्दै बाबुरामले भने, ‘मलाई त कर्कलो भन्नुभएछ अनि बञ्चरो लाउन पर्दैन भन्नुभएछ । अनि उहाँहरु सबै मिलेर मलाई गाली गर्न हेलिकप्टरमा आउनुभएछ । भनेपछि उहाँहरू सबै मिल्दा पनि बञ्चरो पनि हुनुहुँदोरहेनछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण