ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २४ घण्टा नवित्दै डा. बावुराम भट्टाराईले तात्तातै जवाफ दिएका छन् । लाल बादशाहहरु हेलिकप्टर चढेर गाली गर्न गोरखामा आउनु पर्ने ? उनले भने, ‘जनतासँगै हिड्ने, बस्ने सुखदुःखमा रहनेलाई रोज्ने की हेलिकप्टर चढेर आउनेलाई रोज्ने ?’ भट्टराईले गोराखाको रानीटारमा आयोजित चुनावीसभामा यस्तो बताएका हुन् ।
प्रचण्डले दिउँसो गोरखाको चुनावीसभामा बोल्दै बाबुरामलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका थिए । त्यस्तै एमाले अध्यक्ष केपी ओलीले भट्टराईप्रति लक्षित गर्दै 'कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन' भनेका थिए ।
ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री, अब बामपन्थी आँधी आउँछ
यसको जवाफमा बाबुरामले भने, ‘जनतासँगै हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने, विकास निर्माणका काम गर्ने मलाई रोज्ने कि हेलिकप्टर चढेर आएर अरुलाई गाली मात्रै गर्ने लालबादशाहलाई रोज्ने ?’
प्रचण्ड र ओलीको भनाईलाई लक्षित गर्दै बाबुरामले भने, ‘मलाई त कर्कलो भन्नुभएछ अनि बञ्चरो लाउन पर्दैन भन्नुभएछ । अनि उहाँहरु सबै मिलेर मलाई गाली गर्न हेलिकप्टरमा आउनुभएछ । भनेपछि उहाँहरू सबै मिल्दा पनि बञ्चरो पनि हुनुहुँदोरहेनछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
-
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी अपचलन गर्नेलाई कारबाहीको माग
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू