प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

काठमाडौँ । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाका लागि विभिन्न दलहरुले आइतबार उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएका छन् ।
हिमाली भेगका ३२ जिल्लाहरुमा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।
प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि पहिलो चरणमा निर्वाचन हुँदैछ । निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
गठबन्धनबाट २२२ को उम्मेदवारी
यता, नेकपा एमाले र नेकपा माओवादीको बामगठबन्धन र नेपाली काँग्रेसको गठबन्धनबाट २२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्ता छन् दुई गठबन्धनका उम्मेदवारहरुः
प्रतिनिधिसभा
प्रदेश सभा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची