१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को भिडन्त

काठमाडौं– मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७०२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी जम्मा १११ सदस्य पदका लागि ७ सय २ जना उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
१११ पदका लागि गत कार्तिक ५ गते ८०३ जनाले उम्मेदवारी दर्ता गरेपनि बुधबारसम्ममा एकसय जनाले आफ्नो नाम फिर्ता गरेका थिए ।
७०२ जनालाई नै निर्वाचन आयोगले बुधबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएपछि सम्बन्धित राजनीतिक दल र तिनका उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्रमा चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।
बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना गठबन्धनमार्फत चुनावी प्रचारप्रसार गर्ने जनाएका छन् । त्यसका लागि उनिहरुले विभिन्न स्तरका चुनाव परिचालन कमिटि गठन गरेका छन् ।
यता, पहिलो चरणको उम्मेदवारी दर्ता सकिएपनि दोस्रो चरणमा मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय नजिकिएकाले प्रमुख दलहरुलाई उम्मेदवार छनोट गर्न भ्याई नभ्याई भएको छ । एमाले माओवादी बाम गठबन्धन बनेपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने तयारी गरेको कांग्रेसले गठबन्धन निर्माण गर्न नसकेपनि आफ्नो पक्षमा रहेका केही दलहरुलाई समेटेर चुनावी तालमेलका लागि छलफल गरिरहेको छ ।
कांग्रेसले आज राप्रपा,राजपा लगायतका दलहरुसँग सिट संख्या बाँडफाँडमा अन्तिम छलफल गरेर चुनावी तयारीलाई तिव्र बनाउने जनाएको छ । त्यसका लागि बिहीबार बिहान राजपा र संघीय समाजबादी फोरमका नेताहरुसँग छलफल गरेको कांग्रेसले आजै दुवै राप्रपासँग पनि सिट बाँडफाडबारे छलफल गर्ने जनाएको छ । यसअघि राजपा र फोरमले ५५ सिट मागेपछि झस्किएको कांग्रेसले बिहीबार दुवै दलसँग निर्णयक छलफल गर्न लागेको हो ।
दोस्रो चरण मंसिर २१ मा ४५ जिल्लामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची