१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को भिडन्त
काठमाडौं– मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७०२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी जम्मा १११ सदस्य पदका लागि ७ सय २ जना उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
१११ पदका लागि गत कार्तिक ५ गते ८०३ जनाले उम्मेदवारी दर्ता गरेपनि बुधबारसम्ममा एकसय जनाले आफ्नो नाम फिर्ता गरेका थिए ।
७०२ जनालाई नै निर्वाचन आयोगले बुधबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएपछि सम्बन्धित राजनीतिक दल र तिनका उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्रमा चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।
बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना गठबन्धनमार्फत चुनावी प्रचारप्रसार गर्ने जनाएका छन् । त्यसका लागि उनिहरुले विभिन्न स्तरका चुनाव परिचालन कमिटि गठन गरेका छन् ।
यता, पहिलो चरणको उम्मेदवारी दर्ता सकिएपनि दोस्रो चरणमा मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय नजिकिएकाले प्रमुख दलहरुलाई उम्मेदवार छनोट गर्न भ्याई नभ्याई भएको छ । एमाले माओवादी बाम गठबन्धन बनेपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने तयारी गरेको कांग्रेसले गठबन्धन निर्माण गर्न नसकेपनि आफ्नो पक्षमा रहेका केही दलहरुलाई समेटेर चुनावी तालमेलका लागि छलफल गरिरहेको छ ।
कांग्रेसले आज राप्रपा,राजपा लगायतका दलहरुसँग सिट संख्या बाँडफाँडमा अन्तिम छलफल गरेर चुनावी तयारीलाई तिव्र बनाउने जनाएको छ । त्यसका लागि बिहीबार बिहान राजपा र संघीय समाजबादी फोरमका नेताहरुसँग छलफल गरेको कांग्रेसले आजै दुवै राप्रपासँग पनि सिट बाँडफाडबारे छलफल गर्ने जनाएको छ । यसअघि राजपा र फोरमले ५५ सिट मागेपछि झस्किएको कांग्रेसले बिहीबार दुवै दलसँग निर्णयक छलफल गर्न लागेको हो ।
दोस्रो चरण मंसिर २१ मा ४५ जिल्लामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण