बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

शनिबार, २५ कात्तिक २०७४, ११ : ४२
शनिबार, २५ कात्तिक २०७४

काठमाडौं– एमाले र माओवादीसहितको बामगठबन्धन अहिले निकै उत्साहित छ । स्थानीय तहको चुनावमा पाएको मतलाई आधार मानेर बामगठबन्धनले आसन्न प्रतिनीधिसभा र प्रदेशसभा चुनावी नतिजाको प्रक्षेपण पनि गरेको छ ।

बामगठबन्धनले मुद्दाबाहेक जितको मुख्य आधार काँग्रेससँगको भोटको मतान्तरलाई मानेको छ । तर, अन्य निर्वाचन क्षेत्रमा जस्तो काठमाडौंमा बामगठबन्धन भोट अन्तरको सुविधामा छैन ।
सवै जसो जिल्लामा प्रतिनीधिसभाको क्षेत्र सख्याँ घटेपनि काठमाडौंको यथावत रााखिएको छ र यो काँग्रेसका लागि फाइदाजनक हुन सक्छ । काठमाडौंमा काँग्रेसको ट्र्याक रेकर्ड नराम्रो छैन । ०७०  सालको चुनावमा ६ क्षेत्रमा एमाले र ४ क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो ।

यसपटक प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच काठमाडौंमा मुख्य रुपमा प्रर्तिष्पर्धा हुँदैछ  । एमाले–माओवादीको शक्तिलाई काँग्रेस–राप्रपाको भोट टक्कर हुन सक्छ । यसकारण राजधानी ‘कब्जा’ गर्न बामगठबन्धन सहज देखिदैन ।

काठमाडौं क्षेत्र नं. १ : त्रीपक्षीय भिडन्त
अघिल्ला निर्वाचन भन्दा काठमाडौं क्षेत्र नं. १ मा यसपटक अलि फरक अबस्था छ । कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह निर्वाचित हुँदै आएपनि यो वर्ष उनी आफैले चुनौती महशुस गरेका छन् ।

जसका कारण यो क्षेत्रमा उनी आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आफ्ना प्रर्तिष्पर्धी आफू भन्दा कमजोर रहेको बताउदै भोट मागिरहेका छन् । यसपटकको चुनावमा सिंहलाई दुई चुनौती थपिएको छ । पहिलो चुनौती बाम गठबन्धनका युवा  उम्मेदवार अनिल शर्मा र दोश्रो चुनौती पूर्व प्रत्रकार रवीन्द्र मिश्रको आगमन ।

काठमाडौं महानगरपालिकाका वडा नं. १०, ११, २९ र ३१ वडा रहेको यो निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा दलले पाएको मत जोड्ने हो भने बाम र लोकतान्त्रिक गठबन्धनबीच खासै ठूलो मतान्तर छैन । तर, पहिलो पटक फरक राजनीतिक धार बोकेर मिश्र आएपछि उनको पक्षमा कति मत जान्छ भनेर अनुमान गर्न सकिने आधार छैन् । उनको भोटले यहाँको परम्परागत खेल विगार्न सक्ने आकलन पनि गरिएका छन् ।

गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले ८ हजार ८ सय ४२, एमालेले ८ हजार ७ सय १४, माओवादीले २ हजार २ सय ७४ र राप्रपाले १५ सय ४० मत पाएको थियो । यसआधारमा हेर्दा यहाँ बाम गठबन्धनको पक्षमा १० हजार ९ सय ८८ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा १० हजार ३ सय ८२ मत देखिन्छ । यहाँ ६ सय ६ मतले बाम गठबन्धन अगाडि देखिएको छ । तर, यो आंकडाका आधारमा काठमाडौं क्षेत्र नं. १ मा आगामी निर्वाचनको नतिजाको आंकलन गर्नु उपयुक्त नहुनँ सक्छ । बढी सचेत र शिक्षित मतदाता रहेको यो क्षेत्रमा आगामी निर्वाचनमा त्रीपक्षीय भीडन्त हुने निश्चित छ ।   

काठमाडौं क्षेत्र नं. २ : माधव र दीपकको द्धीपक्षीय भिडन्त
निरन्तर रुपमा बाम दलले विजय हासिल गरेको काठमाडौं क्षेत्र नं. २ मा २०७० सालको उपनिर्वाचनमा नेपाली कांग्रेसले पहिलो पटक बिजय हासिल गरेको थियो । रौतहटबाट समेत बिजयी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं २ छोडेका थिए, जहाँ पछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल निर्वाचित भएका थिए ।
 
रौतहटमा गत स्थानीय तहको निर्वाचनमा एमालेले नराम्रो पराजय हासिल गरेपछि आफू सुरक्षित हुन नेपालले फेरी काठमाडौं क्षेत्र नं. २ लाई रोजेर प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालसँग प्रर्तिष्पर्धाका लागि कांग्रेसले २०७० को उपनिर्वाचनमा विजय हासिल गरेका कांग्रेसका स्थानीय नेता दीपक कुँइकेललाई मैदानमा उतारेको छ ।
 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं २ मा कांग्रेसले १४ हजार ५ सय १८, एमालेले १९ हजार १ सय ९६, माओवादीले ५ हजार ७ सय ३२ र राप्रपाले ५ हजार २७ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २४ हजार ९ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार ५ सय ४५ मत रहेको छ । अर्थात बाम गठबन्धन ५ हजार ३ सय ८३ मतले अगाडि रहेको छ । नेपाल यसअगाडि निर्वाचित भएपनि उनीमाथि मतदाताका गुनासा धेरै छन् । कांग्रेसका कुँइकेल स्थानीय नेता भएको लाभ उनलाई उन सक्छ । उनले कांग्रेसका अन्य उम्मेदवार भन्दा राम्रो मत पाउने आँकलन गर्न सकिन्छ । यसअर्थमा क्षेत्र नं. २ मा बाम र लोकतान्त्रिक गठबन्धनबिच कडा प्रर्तिष्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

काठमाडौं क्षेत्र नं. ३ : राई र बस्नेतको द्धीपक्षीय भिडन्त
२०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ मा एमालेबाट बिजयी भएका सांसद रामेश्वर फूँयालले अहिले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । अघिल्लो पटक समानुपातिक सांसद रहेकी कांग्रेसबाट उम्मेदवारी दिएकी अम्बिका बस्नेत  र बाम गठबन्धनका उम्मेदवार कृष्ण राईसँग चुनावी प्रर्तिष्पर्धा गर्दैैछिन् ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ३ मा कांग्रेसले १४ हजार ३ सय २४, एमालेले १२ हजार ७ सय ७, माओवादीले ४ हजार ४ सय ५१ र राप्रपाले १४ सय १४ मत ल्याएको थियो ।  यो मतका आधारमा यहाँ बाम गठबन्धनको १७ हजार १ सय ५८ र लोकतान्त्रिक गठबन्धनको १५ हजार ७ सय ६८ मत छ । अर्थात बामदल १३ सय ९० मतले अगाडि रहेको छ । स्थानीय तहमा दुबै पक्षको झिनो मतान्तर रहेकोले दुई गठबन्धनबीच क्षेत्र नं. ३ सशक्त प्रर्तिष्पर्धा हुने निश्चित देखिन्छ ।
 

काठमाडौं  क्षेत्र नं. ४ :


आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ पनि मुख्य आकर्षणमा परेको छ । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका यूवा नेता गगन थापा र एमालेका यूवा नेता डा.राजन भट्टराईबिच प्रतिष्पर्धा हुँदैछ । क्षेत्र नं. ४ मा २०७० को निर्वाचनमा गगन थापा भारी मतले विजय भएका थिए । यसपटकको चुनावमा बाम दलको गठबन्धन बनेपछि भने गगनका लागि चुनौती थपिएको छ । यस्तै एमालेका यूवा नेता भट्टराई भने अघिल्लो निर्वाचनका समानुपातिकबाट सांसद भएका थिए । उनले पहिलो पटक प्रत्यक्ष निर्वाचनको अनुभव लिँदैछन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा कांग्रेसले १७ हजार ५ सय ३९, एमालले १७ हजार २ सय ३९, माओवादीले ३ हजार ९ सय ९ र राप्रपाले २ हजार २६ मत पाएको थियो । यो मतका आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २१ हजार १ सय ४८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार ५ सय ६५ मत रहेको छ । अर्थात बाम गठबन्धन यहाँ १५ सय ८३ मतले अगाडि रहेको छ ।

काठमाडौं  क्षेत्र नं. ५ : महत र पोखरेलवीच टक्कर
काठमाडौं क्षेत्र नं. ५ मा दुई हेवीवेट नेताहरु बिच रोचक चुनावी प्रतिष्पर्धा हुदैँ छ । मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट डा. प्रकाश शरण महत र बाम गठबन्धनबाट एमालेका महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।

यहाँ गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १३ हजार ३ सय ९०, एमालेले १५ हजार ७ सय ८४, माओवादीले २ हजार ४ सय ७४ र राप्रपाले १७ सय ४२ मत ल्याएका थिए । यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा १५ हजार १ सय ३२ र बामगठबन्धनको पक्षमा १८ हजार २ सय १७ मत छ । अर्थात बामगठबन्धन ३ हजार ८५ मतले अगाडि छ ।

काठमाडौं  क्षेत्र नं. ६ : रक्षामन्त्रीलाई झक्कुको ‘काउन्टर’


काठमाडौं ६ मा कांग्रेस नेता एवं रक्षामन्त्री भीमसेनदास प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिष्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा नेपाली कांग्रेसले ११ हजार ३ सय १५, एमालेले १२ हजार ७ सय ९८, माओवादीले ३ हजार ६ सय ९३ र राप्रपाले ९ सय ५६ मत पाएको थियो ।

यस आधारमा यहाँ बामगठबन्धनको १६ हजार ४ सय ९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २ सय ७१ मत छ ।
बामगठबन्धन ४ हजार २ सय २० मतले अगाडि देखिएको छ । मन्त्री प्रधान काठमाडौंका स्थानीय हुन भने सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र सुवेदीबिच कडा प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ । पहिलो संविधानसभामा काठमाडौं–२ मा माधव नेपाललाई हराएपछि सुवेदी चर्चामा आएका थिए ।
उनी २०४८ मा रोल्पमा तत्कालीन जनमोर्चाको तर्फबाट जिल्ला विकास समितिका सभापति थिए ।
 
काठमाडौं क्षेत्र नं. ७ रामवीरको चाल मन्त्री रोक्ने
२०७० सालको निर्वाचनमा एमालेबाट बिजयी भएका पूर्वसांसद रामवीर मानन्धर राप्रपा नेता तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापासँग चुनावी प्रतिष्पर्धामा छन् । थापालाई राप्रपा गठबन्धनान रहेको कांग्रेसले सघाँउदैछ । 

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।

यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । यस अधारमा यहाँ मन्त्री थापा र मानन्धरबीच कडा चुनावी टक्कर हुने अनुमान गर्न सकिन्छ ।

काठमाडौं  क्षेत्र नं. ८ : नवीन्द्रराज जोशी र एमालेका जीवनरामको टक्कर


काठमाडौं ८ मा प्रतिनीधिसभा निर्वाचनका लागि कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठबीच प्रर्तिष्पर्धा हँुदैछ । जोशी २०७० को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेसले १० हजार ३२, एमालेले १३ हजार ५ सय १८, माओवादीले २ हजार ८ सय ३१ र राप्रपाले ३ हजार १ सय ५९ मत पाएको थियो । यहाँ बाम गठबन्धनको १६ हजार ३ सय ४९ र लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत देखिन्छ अर्थात यहाँ बामगठबन्धन ३ हजार १ सय ५८ मतले अगाडि छ ।

काठमाडौं  क्षेत्र नं. ९ : ध्यानगोविन्द र कृष्णगोपालको वारपार
काठमाडौं ९ मा २०७० मा निर्वाचित भएका कांग्रेसका पूर्वसांसद ध्यानगोविन्द रञ्जित र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच प्रर्तिष्पर्धा हँुदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १५ हजार ८, एमालेले १७ हजार ५१, माओवादीले ६ हजार ९ सय ६५ र राप्रपाले १६ सय ३२ मत ल्याएको थियो । यो मत अंकका आधारमा यहाँ बामगठबन्धनको पक्षमा २४ हजार १६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १६ हजार ६ सय ३१ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन ७ हजार ३ सय ८५ मतले अगाडि देखिन्छ ।

काठमाडौं  क्षेत्र नं. १० : खेलकुद मन्त्रीलाई हितमानको चुनौति


काठमाडौं १० मा कांग्रेसले पुरानै अनुहारलाई दोहो¥याएको छ । यहाँ कांग्रेस नेता तथा खेलकुदमन्त्री समेत रहेका राजेन्द्र के.सी. र माओवादी केन्द्रका नेता हीतमान शाक्यबीच  चुनावी प्रतिष्पर्धा हुँदैछ । केसीले अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं १० मा कांग्रेसले १७ हजार १ सय ७०, एमालेले १६ हजार ८ सय ८७, माओवादीले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३६ मत ल्याएको थियो । यहाँ बाम गठबन्धन ६ हजार ८ सय ३१ मतले अगाडि रहेको छ ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

 

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप