शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी @ ब्याटल ग्राउन्ड : मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

बिहीबार, ३० कात्तिक २०७४, १४ : ३४
बिहीबार, ३० कात्तिक २०७४

जनकपुर– काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात दलमध्ये छवटा दल मिलाएर बनाएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सबै सदस्य चुनावी मैदानमा छन् ।

चुनाव कसरी जित्ने ? एउटै चिन्ताले अध्यक्ष मण्डलका सदस्य आआफ्नो क्षेत्रमा घरदैलो तथा प्रचार प्रसारमा लागेका छन् ।

अध्यक्ष मण्डलका सबै सदस्य यसपटक प्रत्यक्ष चुनाव नै लड्नुपर्ने आवाज पार्टीभित्र उठेपछि अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर (महोत्तरी–३), राजेन्द्र महतो (धनुषा–३), महेन्द्रराय यादव (सर्लाही–२), शरतसिंह भण्डारी (महोत्तरी–२), अनिलकुमार झा (रौतहट–१) र राजकिशोर यादव (सिरहा–४) बाट चुनावी मैदानमा छन् र अहिले आआफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारमा लागेका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालसँग समेत चुनावी तालमेल गरेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरू चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

उनीहरू यसरी ढुक्क हुनुको तीनवटा कारण छन्–
१. मधेशमा लामो समयसम्म आन्दोलन गरेको
२. स्थानीय तहको चुनावमा सम्मानजनक सिट ल्याएको
३. फोरम नेपालसँग तालमेल गरेको

मधेशमा लामो समयसम्म आन्दोलन गरेको कारण भावनात्मक भोट सबै आफूहरूलाई नै आउने विश्वास ती नेताहरूमा रहेको देखिन्छ । जसरी पहिलो मधेश आन्दोलनमा ती दलहरूले चुनाव जितेका थिए, त्यसरी नै यस पटक पनि जित्ने दाउमा उनीहरू छन् ।

वीरगञ्जमा रहेका राजनीतिक विश्लेष एवं पत्रकार चन्द्रकिशोरले मधेशवादी दल यसपटक मधेशमा जित्न नसके यो ठूलो प्रतिष्ठाको विषय बन्नसक्ने बताए । अरू ठाउँभन्दा पनि मधेशी नेता मधेशमा जित्न सक्ने धेरै आधार देख्छन् उनी ।

उनको बुझाइमा मुख्य दुई आधार यस्ता छन् :
पहिलो आधार : प्रदेशसभाको चुनाव भइरहेको कारणले प्रदेश सरकार मधेशी नै हुनुपर्ने मधेशी जनताको मनमा कहीँ कतै भावना छ । काङ्ग्रेस, एमाले र माओवादी केन्द्रले नै मधेश प्रदेशमा सरकार बनायो भने मधेशको अवस्था फेरि जस्ताको त्यस्तै रहने यहाँको जनतामा सन्देश गएको छ ।  यसलाई ‘क्यास’ गर्ने काम मधेशवादी दलले गरिरहेका छन् ।

दोस्रो आधार : सविधान संशोधनको कुरा मधेशवादी दलले जोडतोडले उठाएका छन् । मधेशी नेताहरूले मधेशी मतदातामा एउटा के छाप छाड्न सफल भएको छन् भने मधेशवादी दलले बहुमत ल्याए मात्र सविधान संशोधन सम्भव छ । यो कुरालाई पनि मधेशी मतदातामा नेताहरूले प्रसारित गरिरहेका छन् ।
स्थानीय तहको चुनावमा राजपा नेपालले सम्मानजनक सिट ल्याएको छ । दुई नम्बर प्रदेशको स्थानीय चुनावमा भाग लिएका राजपा नेपालले २५ वटा स्थानीय तह जितेको छ । दुई नम्बर प्रदेशमा काङ्ग्रेस पहिलो, फोरम नेपाल दोस्रो र राजपा नेपाल तेस्रो स्थानमा रहेका छन् ।

सोही मतको आधारमा यो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मधेशमा दोस्रो स्थान ल्याउने दावी राजपा नेपालको छ । राजपा र फोरम नेपालको गठबन्धनले मधेश प्रदेशमा पहिलो स्थान ल्याउने हिसाब–किताब गरेर बसेका छन् । फोरम नेपालले प्रतिनिधिसभामा १७ र राजपा नेपालले १५ सिट लिएका छ भने प्रदेशसभामा फोरम नेपालले ३३ र राजपा नेपालले ३१ सिट लिएको छ । यो हिसाबले पनि फोरम नेपाल बढी सिट ल्याउने अनुमान गरिएको छ ।

अर्को कुरा राजपा नेपालले फोरम नेपालसँग तालमेल गरेपछि नेताहरू निकै आशावादी बनेका छन् । दुईटै दलको मत पाएपछि जित्न सकिन्छ भन्ने उनीहरूलाई लागेको छ ।

कुनै ठाउँमा राजपा नेपालको सङ्गठन राम्रो छ भने कुनै ठाउँमा फोरम नेपालको सङ्गठन । यो तालमेलले एकअर्काको भरमा जित्ने दाउमा नेताहरू रहेका छन् ।
 
जनकपुरमा रहेका पत्रकार एवं साहित्यकार रामभरोस कापडीले यसपटक मधेशवादी दलले जित्ने सम्भावना एकदमै बढेको बताए । मधेश राजनीतिक र त्यसको निर्वाचनलाई नजिकबाट नियाल्दै आएका कापडीले मधेशवादी दलको मत सहरी क्षेत्रमा तलमाथि भए पनि ग्रामीण क्षेत्रमा नहुने विश्वास व्यक्त गरे ।

उनले भने– ‘सहरी क्षेत्रमा मत तलमाथि हुनुमा धेरै फ्याक्टरले काम गरेका हुन्छन् तर ग्रामीण क्षेत्रमा त्यस्तो खास फरक पार्दैनन् । स्थानीय तहको चुनावमा मधेशवादी दलको उपस्थिति र ती दलका नेताहरूको प्रस्तुतिका कारण ग्रामीण क्षेत्रका मतदाताहरू प्रशिक्षित भइसकेका छन् । उनीहरू दायाँबायाँ हुँदैनन् तर शहरियाहरू जो मतदाताका ठेकेदारहरू हुन्छन्, उनीहरू गएर विगार्न सक्छन् ।’
 
मधेशमा मधेशी नेता मधेशी दल नै रहोस् भन्ने जनताको मनमा भावना रहेको उनको भनाई छ ।

रातोपाटी @ ब्याटल ग्राउन्ड 

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप