रातोपाटी ब्रिफिङ : काँग्रेस र जसपामा आन्तारिक किचलो बढ्दै, कमजोर बन्यो नेपाली मुद्रा
आज २०७९ असार २७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा गठबन्धनबारे काँग्रेसमा किचलो, ओलीले गरे सरकारको आलोचना, नेपाली मुद्रा निरन्तर कमजोर बन्दै; १९ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति, नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रचण्डको प्रतिबद्धता, जसपामा उपेन्द्र र बाबुरामको यस्तो छ तयारी, एक हजार थान हतियार खरिद गर्दै प्रहरी, नेप्सेमा ७७ अंकको गिरावट लगायत छन् ।
१. गठबन्धनबारे काँग्रेसमा किचलो
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनबारे बहस भइरहेको छ । बैठकको पहिलो दिन सोमबार प्रदेश सभापतिहरुमध्ये केहीले गठबन्धनको समर्थन गरेका छन् भने केहीले विरोध गरे । बैठक मंगलबार फेरि बस्ने गरी स्थगित भएको छ ।
मंगलबार बस्ने गरी काँग्रेसको केन्द्रीय समिति बैठक सकियो |
प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । सोमबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संवैधानिक परिषद सम्बन्धी विधेयक, बजेटमा करका दर हेरफेर, हतियार खरिद लगायतका विषयलाई लिएर सरकारको आलोचना गरेका हुन् ।
अर्थतन्त्र बिग्रँदो अवस्थामा छ, समयमै सम्हाल्न सके श्रीलंकाको हालत हुँदैन – खतिवडा |
नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्याङ्क अनुसार नेपाली मुद्राको तुलनामा डलर एक वर्षमै ८.०७ रुपैयाँ महँगिएको छ । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९.६ प्रतिशतले खुम्चिएको छ ।
एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम : गभर्नर |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलेसँगको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
५. जसपामा उपेन्द्र र बाबुरामको यस्तो छ तयारी
अलग–अलग बैठक आयोजना गरी आन्तरिक शक्ति प्रदर्शनको होडमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आ–आफ्नो पक्षको बैठकको तयारी तीव्र तुल्याएका छन् । अध्यक्ष यादवले बोलाएको बोलाएको केन्द्रीय समिति बैठकको तयारी वीरगञ्जमा जोडतोडले भइरहेको छ भने बाबुराम भट्टराई पक्षले राजधानीको जडिबुटीमा बैठक राख्ने तयारी गरेको छ ।
६. निर्वाचन अघि कसैसँग पनि पार्टी एकता असम्भव : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावअघि कसैसँग पनि पार्टी एकता सम्भव नभएको बताएका छन् । उनले पार्टी एकताभन्दा पनि आफूहरु संगठन विस्तार र चुनावको तयारीमा केन्द्रित भएको बताए ।
७. एक हजार थान हतियार खरिद गर्दै प्रहरी
प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानीय तह निर्वाचन अघि नै ८० करोडभन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।
८. एआईजी विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ
धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन । ‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादी तर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो ।
९. नेप्सेमा ७७ अंकको गिरावट
सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अंकको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामै ५० अंक माथिले घटेको बजारमा अन्तिम समयसम्म ७७.०१ अंकले घट्दै १९१५.६१ अंकमा झरेको हो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयकको आलोचना भइरहेका बेला ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयक गलत रहेको जिकिर गरेका हुन् ।
संघीय सरकारले पटकपटक वितरणको तयारी गरेको कृषक परिचय पत्र हालसम्म कार्यान्वयनमा आउन सकेको अवस्थामा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।