शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा

सोमबार, २७ असार २०७९, १९ : ००
सोमबार, २७ असार २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयकको आलोचना भइरहेका बेला ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयक गलत रहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘हामीले हिजो पार्टी सभापतिलाई भेटेर राष्ट्रिय सभामा लगिएको संवैधानिक परिषद् सम्बन्धी विधेयक गलत छ भन्यौँ । यसमा सभापतिको ध्यानाकर्षण भएको छ । अब एक दुई दिनमा त्यो विधेयक फिर्ता हुन्छ । हिजो त्यो गलत थियो भनेर हाम्रो सभापति संवैधानिक परिषद्को बैठकमा समेत जानु भएको थिएन । आज त्यो अगाडि बढाउने कुरा हुँदैन ।’

आज पार्टीको केन्द्रीय समिति बैठकमा  पार्टीलाई विधि विधानअनुसार चलाउने विषयमा गम्भीर छलफल हुने उनले जानकारी दिए । ‘हामी चुनावको तयारीमा लाग्नुपर्छ । साउन पहिलो साता बस्ने मन्त्रीपरिषद् बैठकले मङ्सिर पहिलो साताका लागि चुनावको मिति घोषणा गर्छ । हामी चुनाव मोडमा गएका छौँ,’ थापाको भनाइ थियो ।

उनले गण्डकी प्रदेशमा आफन्तका नाममा ट्रष्ट बनाउन बजेट विनियोजन गरेकोमा आपत्ति जनाए । उनले भने, ‘हामीले आफन्तलाई स्वकीय सचिव राख्दैनौँ भन्यौँ । तर हाम्रो नेतृत्वको गण्डकी सरकारले आफन्तका नाममा ट्रष्ट बनाउन बजेट विनियोजन गरिएको पाइयो । यसलाई रोक्न हामीले भनिसकेको छौँ । हामीलाई गल्ती गर्ने छुट छैन ।’

थापाले चिनियाँ विदेश विभाग प्रमुख लिउ  जियानचाओसँग चीनविरुद्ध नेपालको भूभाग प्रयोग हुन नदिने बताएको जानकारी दिए । उनले चीनले नेपालका सबै राजनीति दलप्रति पनि समान व्यवहार देखाउनुपर्ने जिकिर गर्दै एउटा पार्टीसँग एउटा र अर्को पार्टीसँग व्यवहार देखाउनुभएन भनेर कुरा राखेको स्पष्ट पारे ।  ‘हामी कुनै सैन्य गठबन्धन सहभागी हुँदैन भनेर प्रष्ट पारेका छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप