बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक जडिबुटीमा बस्ने
सोमबार, २७ असार २०७९, १३ : ४५
जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
बैठकमा हाल पार्टीमा देखिएको अन्तरसंघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण