संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : कोइराला
सोमबार, २७ असार २०७९, १४ : ०५

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बैठकमा सहभागी हुन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्नेमा जोड दिए ।
उनले नागरिकतामा पनि राजनीति गर्न नहुने बताउँदै राष्ट्रिय सहमति गरेर नागरिकताको विषय टुंग्याउनुपर्ने जिकिर गरे । पार्टी केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । बैठकअघि शेखर पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालय अघि विरोध प्रदर्शनसमेत गरेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर