निरन्तर कमजोर बन्दै नेपाली मुद्रा, डलर एक वर्षमै ८ रुपैयाँ महँगियो
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकअनुसार नेपाली मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बन्दै गइरहेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपाली मुद्राको तुलनामा एक वर्षमै डलर ८.०७ रुपैयाँ महँगिएको छ ।
गत वर्ष २०७८ को असार महिनामा एक अमेरिकी डलरको सटही दर ११९.०४ रुपैयाँ थियो । जुन, त्यसयता आजसम्मको अवधिमा निरन्तर बलियो बन्दै १२७.११ रुपैयाँ पुगेको छ । यसले एक वर्षमै डलर ८.०७ रुपैयाँले बलियो बनेको देखाउँछ ।
खासगरी, यतिबेला विश्व बजारमा डलर निरन्तर शक्तिशाली बनिरहेको छ । अमेरिकी डलरको तुलनामा विश्वका अन्य सबै देशका मुद्रा कमजोर बनिरहेका छन् । अमेरिकी डलरपछि विश्वकै सबैभन्दा विश्वासिलो मानिने पाउण्ड स्टर्लिङ र युरो पनि यतिबेला डलरसँग कमजोर बनिरहेका छन् ।
यसै गरी, दक्षिण छिमेकी भारतको भारु डलरसँग कमजोर बन्दा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमयदर लागू छ । जसले गर्दा डलरको तुलनामा भारु बलियो बनेमा नेपाली मुद्रा पनि बलियो बन्छ भने कमजोर बनेमा नेपाली रुपैयाँ पनि कमजोर बन्छ ।
अमेरिकी डलर बलियो बन्दा नेपालबाट हुने निर्यातमा नेपाललाई फाइदा पुग्छ । यस्तै, विदेशबाट भित्रिने रेमिट्यान्समा समेत नेपाललाई नाफा हुन्छ । यसै गरी, विदेशी पर्यटक नेपालमा आउँदा त्यसबाट समेत नेपाली अर्थतन्त्रलाई लाभ मिल्छ । यद्यपि, नेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलर बलियो बन्दा नाफाको तुलनामा नोक्सानी धेरै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण