शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निरन्तर कमजोर बन्दै नेपाली मुद्रा, डलर एक वर्षमै ८ रुपैयाँ महँगियो

सोमबार, २७ असार २०७९, १७ : २२
सोमबार, २७ असार २०७९

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकअनुसार नेपाली मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बन्दै गइरहेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपाली मुद्राको तुलनामा एक वर्षमै डलर ८.०७ रुपैयाँ महँगिएको छ ।

गत वर्ष २०७८ को असार महिनामा एक अमेरिकी डलरको सटही दर ११९.०४ रुपैयाँ थियो । जुन, त्यसयता आजसम्मको अवधिमा निरन्तर बलियो बन्दै १२७.११ रुपैयाँ पुगेको छ । यसले एक वर्षमै डलर ८.०७ रुपैयाँले बलियो बनेको देखाउँछ ।

खासगरी, यतिबेला विश्व बजारमा डलर निरन्तर शक्तिशाली बनिरहेको छ । अमेरिकी डलरको तुलनामा विश्वका अन्य सबै देशका मुद्रा कमजोर बनिरहेका छन् । अमेरिकी डलरपछि विश्वकै सबैभन्दा विश्वासिलो मानिने पाउण्ड स्टर्लिङ र युरो पनि यतिबेला डलरसँग कमजोर बनिरहेका छन् ।

यसै गरी, दक्षिण छिमेकी भारतको भारु डलरसँग कमजोर बन्दा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमयदर लागू छ । जसले गर्दा डलरको तुलनामा भारु बलियो बनेमा नेपाली मुद्रा पनि बलियो बन्छ भने कमजोर बनेमा नेपाली रुपैयाँ पनि कमजोर बन्छ ।

अमेरिकी डलर बलियो बन्दा नेपालबाट हुने निर्यातमा नेपाललाई फाइदा पुग्छ । यस्तै, विदेशबाट भित्रिने रेमिट्यान्समा समेत नेपाललाई नाफा हुन्छ । यसै गरी, विदेशी पर्यटक नेपालमा आउँदा त्यसबाट समेत नेपाली अर्थतन्त्रलाई लाभ मिल्छ । यद्यपि, नेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलर बलियो बन्दा नाफाको तुलनामा नोक्सानी धेरै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप