प्रतिवादीतर्फका कानुन व्यवसायी नआएपछि विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन ।
आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो । ‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखेको छ ।
संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण