बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिवादीतर्फका कानुन व्यवसायी नआएपछि विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ

सोमबार, २७ असार २०७९, ११ : २७
सोमबार, २७ असार २०७९

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन ।

आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो । ‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखेको छ ।

संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप