एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक थिए – विष्णु पौडेल
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक रहेपनि अहिले अधिकांश सूचक नकरात्मक बनेको बताएका छन् । एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले आयोजना गरेको ‘नेपालको अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रियामा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले एमालेले सरकार छाड्दा कोभिड महामारीको समयमा पनि अर्थतन्त्रका सूचक सही दिशामा रहेपनि त्यसयता गठबन्धन सरकारले नकरात्मक स्थितीमा पुर्याएको उल्लेख गरेका छन् । महामारीको समयमा पनि १३ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको स्मरण गर्दै पौडेलले भने, ‘महामारीको समयमा पनि विदेशी मुद्राको सञ्चिति पर्याप्त थियो ।’
अहिले विदेशी मुद्राको सञ्चिति निरन्तर घटिरहेको उल्लेख गर्दै उनले महामारीको प्रभावबाट बाहिर निस्किसकेको अर्थतन्त्रमा पनि विदेशी मुद्राको सञ्चिति घट्न चिन्ताको विषय भएको उनको भनाइ छ । यही गतिमा विदेशी मुद्राको सञ्चिति घटेमा देशको अर्थतन्त्र श्रीलंकाकै जस्तो हुने पूर्व अर्थमन्त्री समेत रहेका पौडेलको भनाइ छ । ‘यही गतिमा विदेशी मुद्राको सञ्चिति घटेमा देशको हालत श्रीलंकाको जस्तै हुन्छ,’ उनले भने, ‘हामीले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण