एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक थिए – विष्णु पौडेल
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक रहेपनि अहिले अधिकांश सूचक नकरात्मक बनेको बताएका छन् । एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले आयोजना गरेको ‘नेपालको अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रियामा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले एमालेले सरकार छाड्दा कोभिड महामारीको समयमा पनि अर्थतन्त्रका सूचक सही दिशामा रहेपनि त्यसयता गठबन्धन सरकारले नकरात्मक स्थितीमा पुर्याएको उल्लेख गरेका छन् । महामारीको समयमा पनि १३ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको स्मरण गर्दै पौडेलले भने, ‘महामारीको समयमा पनि विदेशी मुद्राको सञ्चिति पर्याप्त थियो ।’
अहिले विदेशी मुद्राको सञ्चिति निरन्तर घटिरहेको उल्लेख गर्दै उनले महामारीको प्रभावबाट बाहिर निस्किसकेको अर्थतन्त्रमा पनि विदेशी मुद्राको सञ्चिति घट्न चिन्ताको विषय भएको उनको भनाइ छ । यही गतिमा विदेशी मुद्राको सञ्चिति घटेमा देशको अर्थतन्त्र श्रीलंकाकै जस्तो हुने पूर्व अर्थमन्त्री समेत रहेका पौडेलको भनाइ छ । ‘यही गतिमा विदेशी मुद्राको सञ्चिति घटेमा देशको हालत श्रीलंकाको जस्तै हुन्छ,’ उनले भने, ‘हामीले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण