अर्थतन्त्र बिग्रँदो अवस्थामा छ, समयमै सम्हाल्न सके श्रीलंकाको हालत हुँदैन – खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र समस्याग्रस्त उन्मुख रहेको बताएका छन् । आज एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र समस्याउन्मुख रहेको बताएका हुन् ।
उनले श्रीलंका टाट पल्टनुमा विदेशी मुद्राको सञ्चिति घट्नु मूख्य कारण रहेको बताउँदै नेपालमा पनि विदेशी मुद्राको सञ्चिति घट्दो स्थितीमा रहेको बताए । जुन, चिन्ताको विषय भएको समेत उनको भनाइ छ । ‘अहिले ६÷७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ,’ उनले भने, ‘यो केही समय अघि १३ महिनाको आयात धान्ने स्थितीमा थियो ।’
यही गतिमा विदेशी मुद्राको सञ्चिति घट्दै गएमा नेपाल समेत श्रीलंका जस्तै टाट पल्टन सक्ने बताउँदै उनले भने, ‘तर, हामी त्यो स्थितीमा पुगि हाल्दैनौं । त्यसका लागि समयमै आवश्यक कदम उठाउनुपर्छ ।’ त्यसका लागि मौद्रीक नीतिले देशको अर्थतन्त्र थप बिग्रन नदिँदा भूमिका खेल्नुपर्ने डा. खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण