एक वर्षमा १९ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति

एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९.६ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७८ को असार महिनायता साढे १९ प्रतिशतले विदेशी मुद्राको सञ्चिति खुम्चिएको हो । गत वर्ष २०७८ असारमा नेपालमा ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर सञ्चित थियो । त्यसयताको ११ महिनाको अवधिमा १९.६ प्रतिशत घटेर ९ अर्ब ४५ करोड अमेरिकी डलरमा आइपुगेको छ ।
यसैगरी यस अवधिमा नेपाली मुद्रामा डलरको सञ्चिति १५.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७६ अर्ब रुपैयाँ छ । जबकी, गत वर्षको असार मसान्तसम्मको अवधिमा १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा यो सञ्चितीमा ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी