एक वर्षमा १९ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति
एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९.६ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७८ को असार महिनायता साढे १९ प्रतिशतले विदेशी मुद्राको सञ्चिति खुम्चिएको हो । गत वर्ष २०७८ असारमा नेपालमा ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर सञ्चित थियो । त्यसयताको ११ महिनाको अवधिमा १९.६ प्रतिशत घटेर ९ अर्ब ४५ करोड अमेरिकी डलरमा आइपुगेको छ ।
यसैगरी यस अवधिमा नेपाली मुद्रामा डलरको सञ्चिति १५.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७६ अर्ब रुपैयाँ छ । जबकी, गत वर्षको असार मसान्तसम्मको अवधिमा १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा यो सञ्चितीमा ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण