शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीहरू एक भएर देशको राष्ट्रियताको रक्षा गरुन् : लिउ

सोमबार, २७ असार २०७९, २० : ०६
सोमबार, २७ असार २०७९

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा लिउले नेपालका दलहरु आफ्नो निर्णय आफै गर्न सक्षम हुनुपर्छ भन्नेमा ध्यान रहेको बताएका छन् ।

चिनियाँ अन्तराष्ट्रिय विभागका नेताले समेत माओवादी केन्द्र सहित सबै राजनीतिक पार्टीहरुसहित नेपाल सरकार समेत एक चीन नीति प्रतिवद्धता भएको पाएकोमा समेत खुसी व्यक्त गरेका छन् । नेपालको विकास प्रक्रियामा आगामी दिनमा पनि सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त लिउले धारणा व्यक्त गरेका  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । वीरआई सम्झौताका विषयमा नेपालले योजनाहरु ठोस रुपमा छनोट गरेमा अगाडि बढाउने विषयमा सहयोग गर्ने बचन दिएका उनले बताए ।

‘नेपाल र नेपालका कुनैपनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको विचार व्यक्त गर्नुभयो’ लिउको भनाइ उदृत गर्दै श्रेष्ठले भने, ‘कम्युनिस्ट पार्टीहरू एक भएर देशको राष्ट्रियता सार्वभौम सत्ताको रक्षा गरुन् भन्नेमा सधैँ खुसी हुन्छौँ । नेपालका राजनीतिक दलहरुले आफ्नो फैसला आफै गर्ने क्षमताको विकास होस भन्ने छ ।’  चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको चाहना आफ्नो निर्णय आफै गर्न सक्ने क्षमताको विकास हुनुपर्ने धारणा राखेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप