गठबन्धन हानिकारक छ, यसले हैजा फैलाउँछ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउने बताएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको बताएका हुन् ।
‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी छ ।
उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए । ‘अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन । राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ । सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’, ओलीले राजनीतिमा भएको पोलराइजेसन ठिक भएको बताए । उनले आगामी निर्वाचन भएरै छोड्ने भन्दै ओलीले एमाले चुनावमा जाँदा नक्कली र कृत्रिम एजेण्डा लिएर नगई देश र जनताका कुरा लिएर जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण