आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन हानिकारक छ, यसले हैजा फैलाउँछ : ओली

सोमबार, २७ असार २०७९, १० : ००
सोमबार, २७ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउने बताएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको बताएका हुन् । 

‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी छ ।  

उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए । ‘अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन । राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ । सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’, ओलीले राजनीतिमा भएको पोलराइजेसन  ठिक भएको बताए । उनले आगामी निर्वाचन भएरै छोड्ने भन्दै ओलीले एमाले चुनावमा जाँदा नक्कली र कृत्रिम एजेण्डा लिएर नगई देश र जनताका कुरा लिएर जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप