मंगलबार बस्ने गरी काँग्रेसको केन्द्रीय समिति बैठक सकियो
सोमबार, २७ असार २०७९, १७ : २६
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो ।
बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।
पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ । बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



