शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार बस्ने गरी काँग्रेसको केन्द्रीय समिति बैठक सकियो

सोमबार, २७ असार २०७९, १७ : २६
सोमबार, २७ असार २०७९

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो ।

बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए ।  बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ । बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे ।​

याे पनि


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप