नेप्सेमा ७७ अङ्कको पहिरो, २ प्रतिशतमाथि कुनै कम्पनी जान सकेन

सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, जीवन बीमा समूह ४.५४ प्रतिशतले, फाइनान्स समूह ४.५१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ४.४५ प्रतिशतले र इन्भेष्टमेन्ट समूह ४.३१ प्रतिशतले घटेका छन् । अन्य उपसूचकहरु ३ प्रतिशत तलले घटेका छन् ।
अधिकतम ७७ अङ्कले घटेको बजारमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन २ प्रतिशत भन्दा माथि कुनै कम्पनीको सेयर मूल्य वृद्धि हुन सकेन । अधिकासं कम्पनीको मूल्य घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म