नेप्सेमा ७७ अङ्कको पहिरो, २ प्रतिशतमाथि कुनै कम्पनी जान सकेन
सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, जीवन बीमा समूह ४.५४ प्रतिशतले, फाइनान्स समूह ४.५१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ४.४५ प्रतिशतले र इन्भेष्टमेन्ट समूह ४.३१ प्रतिशतले घटेका छन् । अन्य उपसूचकहरु ३ प्रतिशत तलले घटेका छन् ।
अधिकतम ७७ अङ्कले घटेको बजारमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन २ प्रतिशत भन्दा माथि कुनै कम्पनीको सेयर मूल्य वृद्धि हुन सकेन । अधिकासं कम्पनीको मूल्य घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण