ओलीको दाबी: गठबन्धनले राजनीतिक दलप्रति वितृष्णा फैलाउने कम गर्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र गठबन्धनमा बनेको सरकारको राजनीतिमा जालझेल र तिकडम गरेकाले राजनीतिक दलहरूप्रति नै वितृष्ण फैलाउने काम गरेको आरोप लगाएका छन् ।
सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले परमादेशी सरकार बनेको एक वर्षको अवधिमा सरकारले कुनै पनि राम्रो काम गर्न नसकेका कारण दलहरूप्रति नै वितृष्णा जाग्न थालेको बताएका हुन् ।
उनले लोकतन्त्र प्रतिस्पर्धाको प्रणाली हुनुपर्ने भन्दै राजनीतिमा जालझेल र तिकडम हुँदा जनताले कष्ट बेहोर्नुपर्ने, विद्यार्थीहरू विदेशीनुपर्ने, उद्योगहरू बन्द हुने, स्वास्थ्य क्षेत्रको बिमा बन्द हुने र महँगीको मारले जनताको ढाड भाँचिने बताए ।
‘यस्तो अवस्थामा यस्ता कामहरूबाट जनतालाई दलहरूप्रतिको वितृष्णा, सरकार राज्यप्रतिको वितृष्णा, राज्यप्रतिको न्यूनताको स्थिति कसले बनाएको छ भन्ने कुरा बुझ्न सकिन्छ’, ओलीले भने, ‘यो अहिलेको गठबन्धनले बनाएको छ, गठबन्धन सम्बद्ध दलहरूले बनाएका छन् ।’
यो अवस्था आउनुमा धेरथोर आफ्नो पनि कमजोरी रहेको र पार्टी एकता जोगाउन नसकेको ओलीले बताए । तर यस्ता कुराहरूले राजनीतिक दलहरूको महत्त्व, औचित्य, सान्दर्भिकता र अपरिहार्यतामा न्यूनता नआउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण