ओलीको दाबी: गठबन्धनले राजनीतिक दलप्रति वितृष्णा फैलाउने कम गर्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र गठबन्धनमा बनेको सरकारको राजनीतिमा जालझेल र तिकडम गरेकाले राजनीतिक दलहरूप्रति नै वितृष्ण फैलाउने काम गरेको आरोप लगाएका छन् ।
सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले परमादेशी सरकार बनेको एक वर्षको अवधिमा सरकारले कुनै पनि राम्रो काम गर्न नसकेका कारण दलहरूप्रति नै वितृष्णा जाग्न थालेको बताएका हुन् ।
उनले लोकतन्त्र प्रतिस्पर्धाको प्रणाली हुनुपर्ने भन्दै राजनीतिमा जालझेल र तिकडम हुँदा जनताले कष्ट बेहोर्नुपर्ने, विद्यार्थीहरू विदेशीनुपर्ने, उद्योगहरू बन्द हुने, स्वास्थ्य क्षेत्रको बिमा बन्द हुने र महँगीको मारले जनताको ढाड भाँचिने बताए ।
‘यस्तो अवस्थामा यस्ता कामहरूबाट जनतालाई दलहरूप्रतिको वितृष्णा, सरकार राज्यप्रतिको वितृष्णा, राज्यप्रतिको न्यूनताको स्थिति कसले बनाएको छ भन्ने कुरा बुझ्न सकिन्छ’, ओलीले भने, ‘यो अहिलेको गठबन्धनले बनाएको छ, गठबन्धन सम्बद्ध दलहरूले बनाएका छन् ।’
यो अवस्था आउनुमा धेरथोर आफ्नो पनि कमजोरी रहेको र पार्टी एकता जोगाउन नसकेको ओलीले बताए । तर यस्ता कुराहरूले राजनीतिक दलहरूको महत्त्व, औचित्य, सान्दर्भिकता र अपरिहार्यतामा न्यूनता नआउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर