चिनियाँ नेता लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
सोमबार, २७ असार २०७९, १६ : ५०
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए ।
‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण