शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी चुनाव जित्न रणनीति र कार्यनीति आवश्यक छ : डिला संग्रौला

सोमबार, २७ असार २०७९, १० : ००
सोमबार, २७ असार २०७९

नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौता (पन्त)ले  आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता रहेको बताएकी छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक रहेको बताइन् ।

‘आगामी चुनावमा गठबन्धनसहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक छ ,’ उनले भनिन्, ‘त्यसैले रणनीति वाह्य र आन्तरिक दुवै हुनु पर्दछ । तब मात्र परिणाम हात लाग्दछ ।’ राजनीति दलहरूको गठबन्धन र निर्वाचन आयोगको निर्देशनका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चिएको बताइन् । 

‘देशैभरि ७५३ स्थानीय तहमध्ये यस पटक २५ पालिकाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन् । संवैधानिक प्रावधान अनुसार राजनीतिक दलहरुले पालिका प्रमुख÷अध्यक्ष÷उपप्रमुख÷उपाध्यक्ष मध्ये एक महिला उम्मेदवार बनाउनु पर्नेमा गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा पुरुषलाई अघि सारेका कारण यसपालि नेपाली काँग्रेसबाट महिला प्रमुखको संख्या घट्न पुग्यो ।’

 यस्तै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई बढी उम्मेदवार बनाउनुपर्ने बताइन् । २५ प्रमुख महिला मध्ये ८ जना काँग्रेसबाट निर्वाचित हुने निरासाजनक परिणाम भएको उनले बताइन् । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाको पूर्णतामा जोड दिएकी थिइन् । यस्तै उनले काँग्रेसको विधानमा ६ महिनाभित्र केन्द्रीय विभाग सहितका संरचनाहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था रहेको भन्दै छिटो भन्दा छिटो पूर्णता दिनु जरुरी रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप