बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक अभियन्ता सावित्री सुवेदीको जीवन : महिला हिंसाबारे ‘स्टाटस’ लेख्दा पार्टीबाट निष्कासित

शनिबार, १३ असोज २०७५, ०९ : २७
शनिबार, १३ असोज २०७५

‘मैले गर्ने त केही होइन,’ आफ्नै निवासमा उनले खुलेर भनिन्, ‘बलात्कारको केस दर्ता गर्न आनाकानी गरिए नाराजुलुस गरेरै भए पनि दर्ता गर्ने हो । दबाब दिने । पीडितको उपचारको व्यवस्था मिलाउने हो ।’

बलात्कारीलाई फासी दिनुपर्छ भन्दै अभियान थालेको अभियानले निरन्तरता पाएको छ ।  संवत् २०७० देखि यो अभियानमा लागेकी सामाजिक अभियन्ता सावित्री सुवेदी अर्धनग्न जुलुस निकालेपछि चर्चामा छिन् । सामाजिक अभियन्ता सावित्री सुवेदीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
महिनामा तीनदेखि चार छाकमात्रै खाना खान्छु । त्यो पनि क्यालोरीका लागि । खसीको मासु र भात असाध्यै मन पर्छ । कामविशेषले कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्छ । त्यतिबेला मासु पाएमा खाना खान्छु, नत्र भोकै बस्छु । खाना नखाए पनि चिया र कोल्ड ड्रिङ्क्स पिउँछु ।

साग र फर्सीको तरकारीचाहिँ खान नपरे हुन्थ्यो लाग्छ । खानकै लागि आजसम्म रेष्टुरेन्टका खानेकुरा खाएकी छैन । रेष्टुरेन्ट पुगिहाले भने चिया, कफी र कोल्ड ड्रिङ्क्ससम्म पिउनेछु ।   

मेरो पोसाक

सामान्यतया जिन्स पाइन्ट र टी–सर्ट लगाउने गर्छु । कालो वर्णकी भएकाले हरियो र पहेंलो रङका कपडा रोजाइमा पर्छन् । रेडिमेड कपडा नै लगाउँदै आएकी छु । कपाल काटेपछि मात्रै क्याप लगाउन थालेकी हुँ ।   

मेरो फिटनेस
२८ वर्षकी भएँ । ३८ किलोकी छु । अहिलेसम्म फिटनेससम्बन्धी केही गरेकी छैन । डाइटिङ छ । सालिन्दा दसैंमा वीरगन्ज पुग्दा त्यहाँको विपश्यना जान्छु । ११ दिन मौन बसिन्छ । ध्यान गरिन्छ । ध्यान गर्दा आनन्द लाग्छ । 

सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखिरहन्छु । ‘स्टाटस’ लेखेपछि गाली खानुपर्छ । तर पनि लेख्न छाड्दिनँ । किताबको संकलन राम्रै छ । अरू व्युटिपार्लर धाउँछन्, कसरी राम्री बन्ने ध्याउन्नमा हुन्छन्, मचाहिँ बजारमा के–कस्ता किताब आए होलान् भनेर खोजिहिँड्छु ।  

मेरो अध्ययन
सरस्वती प्रतीक्षाको ‘नथिया’ भर्खरै पढिसकें । हिजोआज हरिमाया भेटवालको ‘कल्ली’ पढ्दै छु । इतिहाससम्बन्धी किताब पढ्न जाँगर चल्छ । त्यसबाहेक पनि नपढ्नेचाहिँ होइन । धेरै किताब पढें, त्यसमध्ये सलिना थापाको प्रतिवेदन र पर्दाफास असाध्यै मन पर्यो । सरस्वती प्रतीक्षाको ‘नथिया’ दुईपटक पढें । झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ त्यत्तिकै मन पर्यो । 


सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखिरहन्छु । ‘स्टाटस’ लेखेपछि गाली खानुपर्छ । तर पनि लेख्न छाड्दिनँ । किताबको संकलन राम्रै छ । अरू व्युटिपार्लर धाउँछन्, कसरी राम्री बन्ने ध्याउन्नमा हुन्छन्, मचाहिँ बजारमा के–कस्ता किताब आए होलान् भनेर खोजिहिँड्छु ।   

मेरो घुमफिर
योजनाबद्ध तरिकाले घुमफिरमा निस्केको छैन । कामविशेषले ७७ जिल्ला पुगेकी छु । ७७ जिल्लामध्ये झापा र बर्दिया असाध्यै मन पर्यो । इलाम जति घुमे पनि अघाइनँ । सामाजिक अभियन्ता भएकाले विभिन्न ठाउँबाट निम्ता आइरहन्छ । सकेसम्म निम्ता गरेका ठाउँ पुग्ने कोसिस गर्छु । त्यसैले एकखालको व्यस्त छु । जति नै व्यस्त रहे पनि मोबाइल स्वीचअफ गरेर आराम गरौं भन्ने लाग्दैलाग्दैन । मैले त्यसो गर्नु पनि हुँदैन ।

मेरो फुर्सद
फुर्सद पाइहालेमा अध्ययन गरेर बिताउँछु । पीडितसँग कुराकानी गर्छु । तपाईंले बोलिदिए हामीले न्याय पाउँथ्यौं कि भनेर पीडितले टेलिफोन गरिरहन्छन् ।  

मेरो खेलकुद
विद्यालय तहमा भलिबल खेल्थें । 

मेरो मोबाइल
सामसुङ ग्यालेक्सी जे सेभेन प्राइमको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । यसको साढे २६ हजार रुपैयाँ परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक र भाइबर प्रयोग गर्छु । 

मेरो टीभी
कामविशेषले कहाँ–कहाँ पुगिरहेकी हुन्छु । सबै ठाउँमा टेलिभिजन हेर्न पाइँदैन । टेलिभिजन हेर्न पाउँदा समाचार प्राथमिकतासाथ हेर्ने गर्छु । 

मेरो चलचित्र
पछिल्लोपटक चलचित्र ‘राजारानी’ हेरेकी थिएँ । चलचित्र हेर्न साथी चाहिँदैन । हलसम्म पुगेर एक्लै हेर्ने गर्छु । नेपाली चलचित्रमात्रै हेर्ने गर्छु । हेरेकामध्ये चलचित्र ‘पशुपतिप्रसाद’, ‘राजारानी’ र ‘दुर्गा’ असाध्यै मन पर्यो । नेपाली कलाकार सबै मन पर्छन् । त्यसमध्ये प्रियंका कार्की क्रान्तिकारी लाग्छ । 

अहिलेसम्म कसैलाई प्रेम गरेकी छैन । बिहे गर्ने सोच पनि छैन । आफूजस्तै झोला बोकेर ‘डुङडुङ’ हिँड्ने केटा पाएचाहिँ बिहे गर्थें ।

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएकी छैन । बिहान बेलुका गीत सुन्दै नाच्छु । सकारात्मक सोच्छु । स्वस्थ रहने त्योभन्दा अर्को रहस्य छँदै छैन ।   

मेरो भाषणशैली
सामाजिक अभियन्ता भएकाले भाषण गरिरहनुपर्छ । आफूले गरेको भाषण आफैंले सुन्दिनँ । हेर्दिनँ । मेरो भाषणशैली अराजक छ तर प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने मलाई थाहा छ । भाषण गरेकै आधारमा विवादमा परेकी छु । म पढ्ने विद्यालयले मासिक शुल्क बढाएपछि प्रधानाध्यापकलाई विद्यालयमै थुन्दा विवादमा तानिएकी थिएँ । उहाँ अहिले मेयर हुनुहुन्छ ।

मेरो मापसे
मादक पदार्थको स्वाद थाहा छैन । तर, सुपाडीचाहिँ खाने गरेकी छु । पढ्ने बेला सुपाडी खाने बानी छ । 

मेरो संगीत
गीत–संगीत सुन्छु । गायिका मेलिना राईको आवाज श्रवणीय लाग्छ । स्वर मीठो नभए पनि गुनगुनाउँछु । 

मेरो भूल
जान–अन्जानमा जोकोहीबाट गल्ती हुनु मानवीय स्वभाव नै हो । जान–अन्जानमा गरिएका कतिपय गल्तीले हिजोआजसमेत पश्चाताप लाग्छ । तसर्थ, राजनीतिक नेतालाई गाली गर्न छाडेकी हँु । केन्द्रीय सदस्यबाट माओवादीले निष्कासित गर्नुभन्दा ठूलो सजाय अरु के हुन सक्छ ।  

मेरो घर
बारामा रहेको घर बुवाले बनाउनुभएको हो । म सात कक्षा पढ्दै गर्दा बुवा पेन्सनमा आउनुभएको थियो । बुवा भारतीय सेनामा हुनुभएकाले काठको मासेर पक्की घर बनाइएको हो । त्यतिबेला घर बनाउन १५ लाख रुपैयाँजति खर्च भएको थियो । 

मेरो राशी
मेरो राशी मकर हो । ग्रहदशा हेराउँदिनँ । ग्रहशान्ति पनि गराउँदिनँ । तर, विश्वासचाहिँ लाग्छ । 

मेरो सौन्दर्यचेत
कपालमा सिरम लगाउँछु । आजसम्म फेसियल गरेकी छैन । अनुहारमा लोटसको क्रिम लगाउँछु । हिमालयनको फेसवासले मुख धुन्छु । 

मेरो प्रेम
अहिलेसम्म कसैलाई प्रेम गरेकी छैन । बिहे गर्ने सोच पनि छैन । आफूजस्तै झोला बोकेर ‘डुङडुङ’ हिँड्ने केटा पाएचाहिँ बिहे गर्थें । बिहे गरें भने मैले धेरै कुरामा सम्झौता गर्नुपर्छ । सासूससुरालाई ढोग्नुपर्छ । नन्दलाई सम्मान गर्नुपर्छ । नरम भएर बोल्नुपर्छ । त्यो मबाट नहुन पनि सक्छ । तर जन्म, विवाह र मृत्यु भगवान्को उपहार हो । त्यसैले बिहे हुन पनि सक्छ । नहुन पनि सक्छ ।  

मेरो सपना
हिंसारहित महिलामैत्री मुलुकको कल्पना गरेकी छु । महिला र पुरुष समान हुनुपर्छ । पुरुष राति १२ घर आउँदा केही नभएजस्तै महिलाले चाहिँ डराउँदै तर्केर हिँड्न नपरोस् । प्रत्येक पुरुषले महिलालाई सम्मान गरून् । महिलाले पनि पुरुषलाई सम्मान गरोस् । त्योभन्दा अन्य सपना छैन ।  

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु अकाट्य छ । मृत्युसँग डराउनुहुँदैन । मलाई डर पनि लाग्दैन । सामाजिक अभियन्ता भएकाले मसँग केही पनि छैन । किताबभन्दा अरू केही छैन । तर, मृत्युपछि नगरपालिकाको बसले शवचाहिँ उठाइदिऊन् । अन्य लोभ छँदै छैन । 

यो जीवनकथा पनि पढ्नुहोस्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवन : गौरीलाई दागबत्ती दिएपछि मृत्युदेखि डर लाग्न छाड्यो

नायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहे

व्यवसायी तेजबहादुर राईको जीवन : ‘प्राइभेट जेट’ भएको व्यवसायी बन्ने उद्देश्य छ

प्राज्ञ श्रवण मुकारुङको जीवन : श्रीमतीको काखमै मर्न पाऊँ

सांसद डा. मीनेन्द्र रिजालको जीवन : कम्युनिस्ट शासित देश घुम्ने असाध्यै रहर

हास्यकलाकार मनोज गजुरेलको जीवन : सातामा एक दिन ‘विद्युतीय व्रत’ !

माले महासचिव सीपी मैनालीको जीवन : नेताचाहिँ अगतिला भयौं

शिक्षासेवी उत्तम सञ्जेलको जीवन : मैले गरेको कामबाट राज्यले सिकोस्

काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेको जीवन : भन्न नसक्दा मन परेकासँग बिहे हुन सकेन

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको जीवन : अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन

एउटा मजदुरको जीवन : चार वर्षको कमाइ भारु १० !

सांसद पुष्पा भुसालको जीवन : आफूलाई क्षमतावान् बनाउँदै लगे प्रधानमन्त्री बन्ने निश्चित

पत्रकार किशोर श्रेष्ठको जीवन : मलाई मार्न पेस्तोल बोकेरै हिँड्ने पनि थिए

प्रदेश सांसद निर्मला क्षेत्रीको जीवन :  स्कुलबाट भागेर नेविसंघको कार्यक्रममा जाँदा शिक्षकबाट रामधुलाइ

नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीको जीवन : मृत्यु जित्ने होइन, आयु लम्ब्याउने कोसिस गर्नुपर्छ

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको जीवन : प्रेमप्रस्ताव राखेको चार वर्षपछि स्वीकार

लेखक बुद्धिसागरको जीवन : ‘सेकेन्ड ड्राफ्ट’ नगरी मरिने हो कि भनेर त्यत्तिकै डर लाग्छ

सांसद हेमकुमार राई ‘सुरवीर’ को जीवन : जनयुद्धको घाइते भए पनि तन्दुरुस्त

अल्फा बिटाका मालिक द्विराज शर्माको जीवन : ‘प्लिज’ मलाई सकेसम्म पशुपति नलगियोस्

कहिले कहिले लाग्छ सङ्गीतमा लागेर भुल गरेँछु  –रन्जित गजमेर

सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन

सांसद अञ्जना विशंखेको जीवन : पहिलो मागी, पछिल्लो प्रेम

सांसद हितबहादुर तामाङको जीवन : गृहमन्त्री बादलले मासुभन्दा मीठो अन्डाकरी बनाउन सिकाए

पूर्वमन्त्री प्रकाशशरण महतको जीवन : ग्रहदशा बिग्रेकाले चुनाव हारियो

डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना

सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें

मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा

पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ

मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप