शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

आइतबार, १२ कात्तिक २०७४, १२ : २२
आइतबार, १२ कात्तिक २०७४

स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिका मेयरमा उम्मेदवारी दिएपछि रहबर अन्सारी चर्चामा आए । मेयरमा अर्कैले बाजी मारे पनि ३१ वर्षीय अन्सारी चर्चामै छन् । व्यक्तिगत वृत्तिविकासभन्दा टाढा रहेर राजनीतिमा ‘करिअर’ खोजिरहेका रहबर अन्सारीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
सादा खाना मन पर्छ । चिल्लो पिरो मन नपर्ने भएकाले ‘बोयल’ खानामै रमाएको छु । चिकेन खाँदासमेत सामान्यतया उसिनेर खाने बानी छ । पिरो खानेकुरा केही पनि मन पर्दैन । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । खानभन्दा बैठकका लागि पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा कुन ‘मुड’ मा हुन्छु, त्यहीअनुसार स्न्याक्स माग्ने गर्छु । ‘स्पाइसी’ कम भएकै स्न्याक्स रोजाइमा पर्छन् । कलेज पढ्दाताका खाना पकाएकै हो । हिजोआज पनि कहिलेकाहीं पकाउँछु । पकाउने रुचि छ । 

मेरो पोसाक
भड्किलो पोसाक लगाउँदिनँ । आँखा तिर्मिराउने पोसाक मन पर्दैन । हिसाबकिताब नगरे पनि सालिन्दा पोसाकमा २५/३० हजार रुपैयाँ खर्च हुन्छ होला । सेतो र कालो रंगको पोसाक मन पर्छ । टीसर्ट रेडिमेड नै हुन्छन् । तर, सकेसम्म कपडा किनेर सिलाउने बानी छ । 

मेरो फिटनेस
पछिल्लो समय नियमित नभए पनि जिम जान्छु । बक्सिङ र स्वीमिङ नियमित गर्दै आएको छु । खान नहुने खानेकुरादेखि टाढै छु । 

मेरो अध्ययन
युनिभर्सिटीले दिएका म्याटरहरू अध्ययन गर्दै छु । ‘पोलिटिकल म्यानोफेस्टो’ मा थेसिस गर्दै रहेको छु । बाँकी थेसिस पूरा गर्दै छु । त्यसैले ‘पोलिटिकल इस्युज’ पनि पढ्नैपर्यो । ‘रियल स्टोरी’ पढ्न जाँगर चल्छ । विशेषतः ननफिक्सनका किताब पढ्छु । युनिभर्सिटी पढ्दा बाक्लै लेख्थें । अहिले छैन । अब लेख्ने योजनामा छु । 
म एकैठाउँ नियमित बसिरहेको छैन । काठमाडौं र वीरगन्ज बस्दै आएको छु । बुवा मेडिकलसँग सम्बन्धित हुनुहुन्छ । तसर्थ, मेडिकलका किताब प्रशस्त छन् । त्योबाहेकका किताब कमै छन् । विशेषतः अनलाइन जर्नल पढ्ने गर्छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । पूर्व÷पश्चिम पुगे पनि मनाङ, मुस्ताङ गएको छैन । जाने इच्छा छ । झन्डै ४२ देश घुमेको छु । घुमेकामध्ये स्तानबुल मन पर्यो । अमेरिका र पोर्चुगल घुम्न असाध्यै मन छ । 

मेरो फुर्सद
बेफुर्सदी छु । अब फुर्सदिलो होइन्छजस्तो लाग्दैन । बेफुर्सदीले थकाइ लाग्नु स्वाभाविकै हो । तर, आराम गरिहालौं भन्ने लाग्दैन । किनकि मानसिक रूपमा मात्रै थकाइ लाग्ने हो । फुर्सद पाइहालेमा पुराना साथीभाइसँग भेटघाट गरेर रमाउँछु । 

मेरो खेलकुद
स्वीमिङ असाध्यै मन पर्छ । शारीरिक अभ्यास गर्न÷गराउन सकिने खेल मन पर्छ । तर, गल्फ मन पर्दैन । 

मेरो मोबाइल
आइफोन सिक्स एस प्रयोग गर्दै आएको छु । दुई वर्षअघि ६५ हजारमा किनेको थिएँ । मोबाइल किनिसकेपछि कम्तीमा पनि पाँच वर्ष चलाउँछु । मोबाइलका एप्लिकेसन्समध्ये फेसबुक, स्काइप, भाइबरलगायत प्रयोग गर्छु । 

मेरो टीभी
टीभी कमै हेर्छु । हेर्दा समाचारले प्राथमिकता पाउँछ । टक शो पनि हेर्ने गर्छु । राति एक÷दुई बजे सुत्छु । सुत्नअघि टीभी हेर्छु । कहिलेकाहीं तीन÷चार दिनसम्म टीभी हेर्दिनँ । घरमा सामसुङको टीभी छ । 

मेरो चलचित्र
पछिल्लोपटक टम हङ्क्सको ‘कास्ट अवे’ हेरेको हुँ । चलचित्र हलमै हेर्ने हो । तर, थोरै । हेरेकामध्ये ‘फिलाडेल्फिया’, ‘कास्ट अवे’, ‘गुरु’ मन पर्यो । सबै कलाकारप्रति सम्मान गर्छु । 

मेरो रोग
आजसम्म स्वस्थ छु । डेढ वर्षअघि ‘होलबडी चेकअप’ गराएको थिएँ । खानपानले गर्दा स्वस्थ छु । 

मेरो भाषणशैली
राजनीतिमा छु । भाषण गर्न पर्छ । तर, सिक्न धेरै छ । आफूले भन्न र दिन खोजेको सन्देश भाषण गर्दा प्रस्ट राख्न सक्छु । भाषण गर्दा ‘अडियन्स वाच’ गर्छु । समय परिस्थिति हेरेर भाषण गर्छु । 

मेरो मापसे
अहिलेसम्म मापसे गरेको छैन । 

मेरो संगीत
गीत/संगीत कमै सुन्छु । हिन्दीमा एआर रहमान र नेपालीमा नारायणगोपाल र आनीछोइङका गीत श्रवणीय लाग्छन् । मैले किबोर्ड, गितार, बाँसुरी बजाए पनि गीत गाउन आउँदैन । 

मेरो भूल
मानिस हो, जानअन्जानमा भूल गर्नु अस्वाभाविक होइन । तर, पश्चाताप लाग्नेगरी भूल गरेको छैन । कहिलेकाहीं आमाबुवाको चित्त दुखाएँ कि । त्योबाहेक भूल गरेको छैन । ११/१२ पढ्दा भागेर साथीहरूसँग चलचित्र हेर्न गएका थियौं । सजायस्वरूप विद्यालय समयभरि कक्षाकोठाबाहिर उभिनुपरेको थियो । 

मेरो घर
वीरगन्जमा सानो घर थियो, त्यहींबाट मैले अस्पताल सुरु गरें । त्यो घर पुरानो भएकाले त्यही ठाउँमा पुनः अस्पतालका लागि नयाँ भवन बनाइएको हो । म त्यहीं बस्छु । बुवाआमा काठमाडौंको घरमा बस्नुहुन्छु । काठमाडौंको नक्सालमा २० वर्षअघि घर बनाएको हो । बुवाको कमाइले घर बनाएको हो । डिजाइन सामान्य छ । त्यतिबेला घर बनाउन पाँच वर्ष लागेको थियो । पैसा नभएकाले त्यति सयम लागेको हो । 

मेरो राशी
मेरो राशी ‘हरस्कोप’ हो । ग्रहदशा कस्तो छ, हेराएको छैन । ग्रहशान्ति गराएको छैन । गराइँदैन । हातमा लगाएको एउटा हीराको औंठी हो । अर्को प्लाटिनम । आमाले दिनुभएकाले लगाएको हुँ । 

मेरो सौन्दर्यचेत
कपालमा तेल लगाउँछु । अनुहारमा क्रिम  । पफ्र्युम प्रयोग गर्छु । कहिलेकाहीं साउना बस्छु ।

मेरो प्रेम
अविवाहित छु । तर पनि प्रेम गरेको छैन ।

मेरो सपना
नेपाल सम्भावनै सम्भावनाको देश हो । यहाँको प्राकृति स्रोत साधन सदुपयोगमात्रै गर्न सके नेपाललाई संसारकै उदाहरणीय बनाउन सकिन्छ । नेपालमा नभएकोचाहिँ व्यवस्थापनमात्रै हो । नीतिगत रूपमा काम गर्न सके नेपालीको जनजीवन युरोपियनको भन्दा कम हुँदैन ।
राजनीति गर्दै जाने हो । पाएको जिम्मेवारी होशियारी र इमानदार भएर पूरा गर्ने हो । 

मेरो मृत्यु
जीवनको अन्त्य मृत्यु हो । मृत्युसँग डर लाग्दैन । मृत्यु सहज होस् भन्ने इच्छा छ । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप