केन्द्रीय संस्करण

सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें

person access_timeमाघ १५, २०७४ chat_bubble_outline0

कुराकानीक्रममा सांसद सुदन किरातीसाह्रै खुसी देखिए । भने, ‘२४० वर्षको राजतन्त्र सदनबाट ताली बजाएर अन्त्य गर्दा कम्ती खुसी लागेन ।’ 

कुराकानीक्रममै सांसद किराती पटक–पटक भावुक बने । ‘जेलबाट बाहिरिएपछि घर पुगें । ५४ वर्षीय आमा उभिइरहनुभएको थियो । आमालाई साह्रै बूढी देखें,’ उनले अतीत सम्झे, ‘गाउँभरिका मानिस भेला भएका थिए । उनीहरू कहिले घर जालान् र आमासँग सुख–दुःखको बात मारौं भनेर हतारिएको थिएँ ।’

१२ बज्न २० मिनेट बाँकी थियो । बुवा, आमा र सुदन किराती अँगेनाछेउमै बसिरहेका थिए । कति छिट्टै बूढी हुनुभयो नि भनेर किराती आमालाई सोधे । आमाले तँ पक्राउ परेको महिना दिनपछि सुनें । दैनिकजसो मानिस मरेको समाचारमात्रै सुन्नुपथ्र्यो । मरिस् कि बाँचिस् थाहा भएन । घरभित्र बस्न मन लागेन । उज्यालो हुनासाथ घरबाहिर निस्कन्थें । तेरो बाटो हेरेको हेर्यै गर्थें । रात परेपछि बाटो देखिँदैनथ्यो, घरभित्र पस्थें । जर्किन (ड्रम) मा राखिएको रक्सी खाँदै भन्थें– बाँचेको छस् भने फर्केर आउनू । मरेको हो भने आज रातभरि तर्साउनू भन्ने आमाको उत्तर सुनाउँदै उनी पुनः भावुक बने । २३ महिना भात नखाएपछि बूढी हुन्न त भन्दा किराती बोल्न सकेनन् । न त सुत्न नै सके । 

दुई–तीन दिनपछि उनी पुनः पार्टी सम्पर्कमा जान घरबाट निस्कन लाग्दा गइस् भने म यहीं झुन्डेर मर्छु भन्दै आमा रुनुभयो । उनले आफू जानैपर्ने बाध्यता सुनाउँदै बाटो लागे । पारि पुगेर हेर्दा आमा घुँडा टेकेर रुँदै गरेकी थिइन् । त्यतिबेला उनले आफैंलाई धिक्कारे– समाज बदल्न हिँडेको तैंले आमालाई त सम्झाउन सक्दैनस् भने क्रान्ति कसरी गर्छस् । सोच्ने तरिका नै रहेछ । त्यतिबेला मैले आत्मसंघर्ष गरेको थिएँ भन्ने सांसद सुदन किरातीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
मलाई मन पर्ने खाना यही हो र यही खान पाऊँ भन्ने छैन । भोक लागेको बेला अघाउन पाए हुन्छ । भोक लागेको बेला भुटेको मकै र मुलाको साग पाए आँत रमाउँथ्यो । सबै मन परे पनि स्वास्थ्यका कारण केही खाना बार्ने गरेको छु । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट जाने गरेको छैन । रेष्टुरेन्ट पुगिहाल्दा चाउमिन, मःमः माग्छु । फुर्सद हुँदा भान्छामा पस्छु । पाककलाबारे ज्ञान राम्रै छ ।

मेरो पोसाक
औपचारिक सभा–सम्मेलनमा जाँदाबाहेक अनौपचारिक कपडा नै लगाउँछु । कपडामा कति खर्च होला, हिसाब–किताब गरेको छैन । एकपटक किनेको कपडा दुई–तीन वर्षसम्म टिक्छ । दिदीबहिनी, छोरीचेली बाहिर छन् । उपहारस्वरूप कपडा पठाइदिन्छन् । कपडा किन्दा कालो रङको किन्ने गरेको छु । उज्यालो रङको कपडा पनि रोजाइमा पर्छन् । कपडा ‘रेडिमेड’ बढी हुन्छन् । छापामार जीवनमा ह्याट लगाउँथें । सांसद भएपछि सयका हाराहारीमा भएको विजयसाभभरि ढाकाटोपी लगाएँ । एक त मंसिरको जाडो, त्यसमाथि मतदाताले लगाइदिएको अबिरको चिसोबाट बच्न टोपी लगाउन बाध्य भएँ ।   

मेरो फिटनेस
शारीरिक अभ्यासका लागि औपचारिक रुटिन छैन । जनताको घरमा बास बसेको बेला कता शारीरिक अभ्यास गर्नु । साध्यै हुँदैन । तर, सात दिनभन्दा बढी एकैठाउँ बस्न परे कोठैभित्र झन्डै ४५ मिनेट शारीरिक अभ्यास गर्छु । त्यसका लागि कुनै सूत्र छैन । आफूले जे जानेको छु, त्यही गर्छु । डाइटिङ छैन । 

मेरो अध्ययन
खुला राजनीतिमा प्रवेश गरेपछि, सांगठनिक जिम्मेवारी थपिँदै जाँदा पढ्ने समय नभएकै हो । जनयुद्धमा पेजैपिच्छे चिनो लगाएर पढिन्थ्यो । हिजोआज आफूलाई चाहिने ‘च्याप्टर’ पढ्ने बानी छ । पहिले एकपटक पढिसके पनि हिजोआज त्यही प्रयोगशाला पढिरहेको छु । राजनीतिक किताब बढी पढे पनि तनाव भएको समय साहित्य पढ्छु । 

मन पर्ने सबै लेखकको नाम उल्लेख गर्न नसके पनि खगेन्द्र संग्रौला, अभि सुवेदी र सुधीर शर्मा मन पर्छ । लेख्ने समय मिलेको छैन । भोजपुर र काठमाडौंमा किताब छन् । तर, संरक्षण गर्न नसकेकाले घट्दै जान्छ । म जुनसुकै सभा–समारोह, बैठकमा पुग्दा कम्तीमा एक किताब किन्ने गरेको छु । म थप्दै जान्छु, मेरो निजी पुस्तकालयका किताब घट्दै जान्छ ।  

मेरो घुमफिर
पार्टी संगठनको काममा हिँड्दाबाहेक योजनाबद्ध घुमघाममा निस्केको छैन । नेपालका अधिकांश जिल्ला टेकेको छु । म हङकङमा जन्मेको हुँ । मेरो बुवा ब्रिटिस आर्मी हुन् । ब्रुनाई रहँदा नेपाल फर्केको हुँ । सांसद भएपछि धेरै देशबाट निम्ता आए । तर, जान मन लागेन । त्यतिबेला किराती मोर्चा महासचिव भएकाले उसको सम्मेलनमा हङकङ पुगेको थिएँ । 

पूर्वमन्त्री गोपाल किरातीसँग सोलुखुम्बुको नाम्चे हुँदै खुम्जुङ पुगेको थिएँ । घुमेकामध्ये नाम्चे र खुम्जुङ असाध्यै मन पर्यो । उल्लिखित ठाउँ जीवनमा एकपटक पुग्नैपर्ने रहेछ । जीवनमा एकपटक माउन्टेन फ्लाइट गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।  

मेरो फुर्सद
राजनीतिक नेता फुर्सदिला पनि हुन्छन् रे । फुर्सद कसरी निकाल्ने होला भनेर सोच्छु । मचाहिँ कहिल्यै फुर्सदिलो हुन सकिनँ । यति धेरै व्यस्त रहे पनि मोबाइल ‘स्वीचअफ’ गरेरै आराम गरौं भन्ने कहिल्यै लाग्दैन । गरेको पनि छैन । फुर्सद पाइहालेमा कोठा सफा गरेर भए पनि समय सदुपयोग गर्छु । एक मिनेट अनावश्यक बिताएँ भने पश्चाताप लाग्छ । घरपरिवारलाई समय दिन सकेको छैन । यो विषय उठ्दा संसारका महान् व्यक्तित्वका इतिहास सुनाउँछु । समय–समयमा ‘होम मिटिङ’ गर्छु ।  

मेरो खेलकुद
खेलमध्ये फुटबल मन पर्छ । त्यसो भन्दा अन्य खेल मन पर्दैन भन्न खोजेको होइन । सामान्य रूपमा फुटबल खेलेको थिएँ । फुटबल खेलाडीमा वसन्त गौचन, हरि खड्का, रोनाल्डो र मेस्सी मन पर्छ ।  

मेरो मोबाइल
सामसुङको दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । एउटा २१ सयमा किनेको हुँ भने अर्कोचाहिँ २७ हजार रुपैयाँमा ‘सेकेन्ड ह्यान्ड’ किनेको थिएँँ । मोबाइल फेरीफेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनसँग परिचित छु । मोबाइलमा जोकोहीले गेम खेलेर समय बर्बाद नगरिदिए हुन्थ्यो भन्ने लाग्छ ।  

मेरो टेलिभिजन
टीभीमा समाचार हेर्छु । टीभी हेर्ने समय बेलुका जुर्छ । इन्च थाहा नभए पनि कोठामा भएको टीभी सार्क हो । 

मेरो चलचित्र
पछिल्लोपटक चलचित्र ‘कबड्डी कबड्डी’ हेरेको थिएँ । टीभी, भिसिडीमा चलचित्र हेर्ने गरेको छैन । हेरेकामध्ये कन्यादान, दर्पणछायाँ र कबड्डी कबड्डी असाध्यै मन पर्यो । दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । पहिलेपहिलेका नायिका हराउँदै गए । करिश्मा मानन्धर राजनीतिमा आउनुभयो । पछिल्लो समयका नायिकाहरूको नाम थाहा छैन ।

मेरो रोग
छिट्टै चिसो लाग्छ । जेलमा रहँदा यातना पाएकाले ढाडको समस्या छ । युरिक एसिड र छालाको एलर्जी छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तचाप ‘लो’ छ । 

मेरो भाषणशैली
आफूले गरेको भाषणशैली आफैंले मूल्यांकन गर्ने गरेको छैन । मानिसलाई सन्तुष्टि कहिल्यै हुँदैन । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्छु । सर्वप्रथम जनसमुदायको चेतना मापन गर्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको थाहा छैन । मञ्चमा पुगेपछि भाषणको तयारी गर्छु । पहिले जनसमुदाय हेर्छु । मनोविज्ञान बुझ्छु । कार्यक्रमको शीर्षक हेर्छु । जनसमुदायले सुन्न चाहेनन् भने भाषण छोट्याउँछु । 

मेरो मापसे
मादक पदार्थ खाएको छैन भन्न मिल्दैन, आमाको दूधबाट पनि खाएँ हुँला । म एक कक्षामा पढ्थें । बुवाआमा कोदो रोप्दै हुनुहुन्थ्यो । पानी परेछि ओत लाग्न बडाको घर पुग्यौं । त्यहाँ कडा निघार खुवाइदिनुभएछ । त्यतिबेला बेस्सरी बान्ता गरेको थिएँ । त्यसपछि मादक पदार्थको गन्ध मन पर्दैन । पछिसम्म मादक पदार्थको कुरा गर्दामात्रै पनि बान्ता होलाजस्तो हुन्थ्यो । मलाई पान र सुपारीले समेत मात्छ ।    

मेरो संगीत
गीत–संगीत मन पर्छ तर सुन्न भ्याउँदिनँ । ‘सेन्टिमेन्टल’ गीत गुनगुनाउँछु । नारायणगोपाल, अरूणा लामा, चाँदनी शाह, जेबी टुहुरे, शम्भु राई र राजेशपायल राईका गीत श्रवणीय लाग्छ ।       

मेरो भूल
मानिस भएपछि जानअन्जानमा गल्ती हुन्छ । सानोछँदा कापी र डटपने किन्न साढे चार रुपैयाँ पैसा चोरेको थिएँ । थाहा पाउनुभएपछि बुवाले खरेटोले हिर्काउनुभयो । धेरै चोट लागेकाले दुई–चार दिन विद्यालय जान सकिनँ । बुवाले पिटेपछि सुदन विद्यालय आउन सकेन भनेर हल्लाखल्ला भयो । त्यतिबेला पश्चाताप लाग्यो । 

मेरो घर
पुख्र्यौली घर भोजपुरमै छ । त्यो बुवाको नाममै छ । संवत् २०४० मा बनाइएको घर धमिराले खाइसकेको थियो । माथि काटेर त्यही घर चार वर्षअघि झ्याल, ढोका थपेर आधुनिकखालको बनाएको छु । घरमै काठ भएमाले पुनःनिर्माण गर्न १ लाख ६५ हजार लागेको थियो ।

मेरो राशी
आमाले भन्नुभएअनुसार तुला राशी हो । चिना हङकङमै लेखाइए पनि अहिलेसम्म हेराएको छैन । सांसदमा निर्वाचित भएँ ग्रहदशा राम्रै त होला । ग्रहदशा, ग्रहशान्ति गराएको छैन । देब्रहातमा चाँदीको औंठी लगाएको छु । यो औंठीसँग मेरो गहिरो सम्बन्ध छ । सुनसरीको धरानमा बस्थें । जनयुद्धमा जाने तयारी गर्दै थिएँ । मलाई आमाले जत्तिकै माया गर्ने मेरो काकीले दिनुभएकाले यो औंठी लगाएको हुँ । काकीको मायाले ०५६ देखि औंठी लगाउँदै आएको हुँ । 

मेरो सौन्दर्यचेत
पहिले कपालमा तोरीतेल लगाउँथे । छालाको एलर्जी भएपछि त्यो पनि लगाउन छाडें । हिजोआज कपालमा लगाउने क्रिम लगाउँछु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्ने बानी छ । अहिलेसम्म दुईपटक साउनाबाथ लिएको छु । ढाडको दुखेको बेला छोराले मालिस गरिदिन्छ ।    

मेरो प्रेम
हाम्रो प्रेमविवाह हो । गाउँघरमा हेराहेर गर्दागर्दै मायाप्रेम बस्यो । प्रेमप्रस्ताव मैले नै राखेको थिएँ । १० कक्षा पास गर्नसाथ बिहे भएकाले अरूसँग प्रेम गर्ने कुरै भएन । 

मेरो सपना
विकास र समृद्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना देखेको छु । जहाँ अर्थतन्त्रको दृष्टिले चरमचुलीमा पुगोस् । नेपाली जनशक्ति वैदेशिक रोजगारीमा जान नपरोस् । विदेशी श्रमशक्ति मुलुकमा भित्र्याऊँ । उत्तर–दक्षिण जोड्ने ठुल्ठूला राजमार्ग बनाऊँ । नेपालको ८३ हजार मेगावाट पानी अन्तर्राष्ट्रिय बजारमा बेच्न सकूँ । कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरण गर्नुपर्छ । कृषिलाई पर्यटनसँग जोड्नु अपरिहार्य छ । कृषि, पर्यटन र जलस्रोतको तीव्र गतिमा विकास गरेर समकालीन विश्वसँग प्रतिस्पर्धा गर्न योग्य मुलुक बनाउने परिकल्पना गरेको छु । 

म सांसद हुन्छु भनेर हिँडेको होइन । चार महिनाभित्र मर्छु होला भनेर जनयुद्धमा हिँडेको थिएँ । चार महिनाभित्र मरिनँ भने त्यसपछि योजना बनाउँला सोचेको थिएँ । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्छु भन्ने सपना नदेखे पनि राजनीतिमा लागेकालाई ढोका सधैं खुला हुन्छ । यही हुनुपर्छ भनेर मैले राजनीति गरेकै होइन । मन्त्री, प्रधानमन्त्रीभन्दा स्वच्छ छविको शक्तिशाली नेता बन्ने लोभ छ ।   

मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । देश र जनताका लागि लड्दालड्दै मर्न पाए मृत्युको अर्थ रहन्थ्यो । मृत्युसँग डराउने मानिस काम लाग्दैन । मृत्युको नजिक पुगेका घटना धेरै छन् । ०६१ म पक्राउ परें । व्यारेकमा राखिएको थियो । हातखुट्टा बाँधिएको थियो । आँखामा पट्टी कसिएको थियो । रातिराति कडा यातना दिइन्थ्यो । १७ रात यातना पाएपछि म मर्ने ठाउँ कस्तो रहेछ भनेर हत्कडी सारेर पट्टी उँभो सारें । म त सुरुङमा रहेछु । माथिबाट सेनाको क्यान्टिन रहेछ । सुरुङको गेट झारले छोपिएको रहेछ । यतिबेला मलाई कापी र डटपेन पाए दुवै हातले लेख्थेंजस्तो लाग्यो । २७ रात कुटाइ खाएपछि मैले मृत्युको घोषणा गरें । अब म सहन सक्दिनँ । तर, मेरो मरण अगति हुने भयो । मसम्बद्ध पार्टीले मेरो मृत्युलाई मृत्यु नभनेर बेपत्ता भन्लान् भनेर पर्नु पिर परेको थियो । तर, बाँचें । 

कतिपय अवस्थामा सेनालाई झुक्याएर ज्यान जोगाएको थिएँ । उदयपुरको बलम्ता पुगेको थिएँ । घरपछाडिबाट कुरा गरेर आँगनमा निस्कँदा पोसाकमा रहेका सेनाले घेरा हाले । सादा पोसाकमा रहेका सेना माओवादीका रूपमा प्रस्तुत भए । सेनाले मलाई लालसलाम कमरेड भने । तीनपटक भनेपछि मैले कसलाई भन्नुभएको होला भनेर सोधें । उनीहरूले तपाईं हाम्रो कमरेड होइन भने । मैले होइन भनें । तपाईंको घर कहाँ हो भनेर सोधे । मैले खोटाङ भनें । कता हिँड्नुभएको भनेर फेरि सोधे । हाम्रो कमरेडको आज कन्ट्याक थियो देख्नुभएन भनेर उनीहरू भने । मैले अहँ भनें । अस्तिको दिनचाहिँ पल्लोघर आउनुभएको रहेछ भनेर मैले उनीहरूको ‘माइन्ड डाइभर्ट’ गरिदिएँ । अस्तिको दिनमात्रै आएका थिए भनेपछि हिजोसम्म यतै हुनुहुन्थ्यो रे भन्दिएँ । र पनि, साह्रो पार्न थाले । पार्टीको दस्तावेज साथमै थियो । खानतलासी गरेका भए भेट्थे । 

त्यसपछि घरमा को छन् भनेर सेनाले सोधे । घाम भर्खर झुल्केको थियो । घर तलतिर टारबारी थियो । गाईबस्तु बाँधिएको थियो । चोया काढ्दै गरेका घरमुली दाइ खुकुरीसहित आउनुभयो । सेनाले माओवादी कत्तिको आउँछ भनेर दाइलाई झपारे । उहाँले आज त आउँदैनन् सर भन्नुभयो । कहिले आउँछ भनेर झन् झपारे । त्यतिबेला मेले कुराकानी ‘डाइभर्ट’ गरें । पार्टीको सरहरू हुनुहुँदोरहेछ चिया व्यवस्था गर्नुहोला दाइ, म घाँस काटेर गाईबस्तुलाई लगाइदिन्छु भन्दै हिँडें । त्यो दिन गाउँभरिका मानिस मलाई मार्यो भनेर आतंकित भए रे । कतिपयले गाउँ छाडे । ती दाइले पनि घर छाडे । साँझमा त्यही घर पुगेर मैले आफूले लगाइरहेको ज्याकेट घरको ढोकामा झुन्ड्याएर हिँडेको थिएँ ।

मृत्यु यस्तै होस् भनेर यतिबेला भन्नु आत्मरतिमात्रै हो । तर, मृत्यु गह्रौं होस् भन्ने चाहना छ । त्यो मेरो कर्मले निर्धारण गर्छ ।     

यो जीवनकथा पनि पढ्नुहोस्

मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा

पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ

मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X