कहिले कहिले लाग्छ सङ्गीतमा लागेर भुल गरेँछु –रन्जित गजमेर
भेट्रान सङ्गीतकार रन्जित गजमेर अहिले नेपालमा छन् । पोखरा–लेखनाथ महानगरपालिका र कन्दरा समूहले केही दिन पहिले संयुक्त रूपमा आयोजना गरेको एक विशेष समारोहमा सम्मान लिन उनी नेपाल आएका हुन् । सर्जक मरिसकेपछि भन्दा उनी जिउँदै छँदा सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन आयोजित कार्यक्रम उनी आएको थाहा पाएर धेरै गायक गायिकाले उनको सङ्गीतमा गीत गाउने इच्छासमेत राखेका थिए । ती गायक गायिकाको इच्छा लत्याउन नसकेर उनले आफ्नो नेपाल बसाइ केही दिन लम्ब्याउँदै आफूलाई सङ्गीत सिर्जनामा व्यस्त बनाएका छन् । उनी अहिले गायिका गीता पाण्डे, टीका प्रसाईं, राजेश पायल राई, जुना प्रसाईंलगायत गायक गायिकाको दर्जनभन्दा बढी गीत केही दिनमै सक्ने चाँजोपाँचोमा छन् । ‘बाँसुरी’बाट नेपाली चलचित्रमा सङ्गीत भरेका गजमेरले सयौं गीतमा सङ्गीत भरेका छन् । उनका सङ्गीत रहेका सबै नेपाली गीत हिट छन् । थुप्रै भारतीय चलचित्रमा नेपाली मादलसमेत घन्काउँदै बलिउडमा नेपाली बाजा मादल स्थापित गराउन सफल उनले ३३ वर्ष अगाडि ‘सम्झना’ चलचित्रका लागि बनाएको सुपरहिट गीत ‘उकालीमा अघि अघि’ अहिले पाइरेसीसमेत भएको छ । विनाअनुमति भुवन केसीले आफ्नो ‘कृ’ चलचित्रमा गीत समावेश गरेको विषयमा उनी दुःखी छन् । आफूलाई एक पटक सोधेको राम्रो हुने उनको भनाइ रहेको छ । उमेरले ७७ टेकेका गजमेरका सङ्गीतप्रतिको लगान अहिले पनि युवा अवस्थाकै छ । नेसनल जोग्राफी बढी रुचाउने उनी आफ्नो सङ्गीतिक सीप र अनुभव धेरैभन्दा धेरै नयाँ पुस्तालाई बाढ्न चाहन्छन् । यिनै सङ्गीतकार रन्जितका जीवनका पाटाहरू के–कस्ता रहेका छन् भन्ने बुझ्न सबैलाई सजिलो होस् भनेर रातोपाटीको मेरो जीवनका स्तम्भका लागि कुवेर गिरीले गरेको कुराकानी ।
मेरो खाना
रायोको साग, दाल, भातसँग गोलभँेडाको अचार मेरो मनपर्ने खाने कुरामा पर्छ । त्यसमा पनि आलुदम मिसाउँदा निकै मीठो हुन्छ । मन नपर्ने भन्ने त्यस्तो केही छैन । प्रयः सबैकुरा खाने गरेको छु । मुम्बइमा धेरै समय खाना खाने भनेकै रेस्टुरेन्टमा हो । किनभने घरमा पकाउने फुर्सद कसैलाई हुँदैन । मलाई पकाउन मनपर्छ । खिचडी म सारै मीठो पकाउँछु ।
मेरो पोसाक
नेपाल बस्ने भए दौरासुरुवाल लगाउँथे । मुम्बइमा त्यस्तो चलन छैन । सामान्य पहिरन लगाउने गरेको छु । मुम्बइमा नेपालीहरूले बेला–बेला आयोजना गर्ने ठूलो कार्यक्रममा दौरा सुरुवाल नै लगाउने गरेको छु । निलो रङ्गको पोसाक मलाई धेरै मनपर्छ । पहिला पहिला त सिलाएर पनि पहिरन लगाउँथे । आजकल रेडिमेट किन्छु । ब्रान्ड मतलव छैन । आफूलाई जे मन पर्यो । त्यही प्रयोग गर्छु । नेपाली टोपी पनि लगाउँछु ।
मेरो फिट्नेस
फिटनेसतिर जिरो छु । म ७७ वर्षको भएँ । अहिले पनि फूर्ति कम भएको छैन । डाइटिङ, जिम, योगा सबैमा जिरो । अहिले पनि तगाडा हुनुको मुख्य रहस्य मेरो सन्तुष्टि नै हो । श्रीमती बिते पनि मेरो साथमा परिवारका अन्य सदस्य सबै छन् । अर्काे कुरो सङ्गीत पनि हो । सङ्गीतको काम गर्दा मेरो फिटनेस भइरहेको हुन्छ । मेरो कोलनीमा बस्ने बुढाहरू सबै बिहान एक ठाउँमा जम्मा भएर बिहान मन्दिर जान्छौँ । कहिले काहीँ जैनहरूको मन्दिरमा पनि गइन्छ । बिहान एक राउन्ड दुई राउन्ड घुम्छौँ ।
मेरो अध्ययन
अध्ययन धेरै मनपर्छ । पुस्तकभन्दा पनि छोराले राम्रो खालको कम्प्युटर ल्याइदिएको छ । त्यसमा पुराना पुराना गीतहरूका बारेमा अध्यायन गर्छु । इतिहास, जोग्राफी पनि पढ्ने गरेको छु । गीतहरू लेख्छु ।
मेरो घुमफिर
धेरै मनपर्छ । नयाँ ठाउँ घुम्न, नयाँ मान्छे भेट्न, नयाँ मान्छेसँग कुरा गर्न । नेपालको धेरै जिल्ला घुमेको छैन । तपाईंलाई के ढाट्नु मैले बनेपा र पाटन पनि देखेको छैन । भारतको चाहिँ दिल्ली, कलकत्ता, बेङ्लोर, मद्रास, आछाम, सिलोन, देहरादुनलगायत धेरै ठाउँ पुगेको छ । हङ्कङमा मेरा आफन्त पनि छन् । उहाँहरू भेट्न एक दुई पटक गएको छु ।
मेरो फुर्सद
फुर्सद त छँदै छैन । फुर्सद भएको बेला आफूले धेरै काम गरेको जस्तो लाग्छ । त्यो बेला सुत्छु । घरपरिवारलाई धेरै समय दिन्छु । बाहिर जाँदा पनि परिवारका सबै सदस्यसँगै जाने गरेका छौँ । यस बाहेक बचेको समय सङ्गीतलाई नै हो ।
मेरो खेलकुद
खेलतिर रुचि छ । खेल्न होइन, हेर्न । मुम्बईमा धेरैको क्रिकेटतिर रुचि रहन्छ । सबैले चासो लिएर हेर्छन् । आफूलाई चाहिँ पहिलेदेखि नै फुटबल मनपर्छ । स्कुल, कलेज पढ्दा फुटबल खेलिन्थ्यो ।
मेरो मोबाइल
मोबाइल बोक्दिनँ । अहिलेसम्म पनि बोकेको छैन । मोबाइलले आफन्तभन्दा टाढा बनाइरहेको छ । घरमा पनि मोबाइल बोक्नेहरू फरक फरक कुनामा बसेका हुन्छन् । त्यस्तो देखेर पनि मोबाइल मन परेन । मोबाइलबाट मानिस विदेशका जुनै ठाउँमा बस्नेसँग पनि च्याट गरेर कुरा गर्दछन् । तर छेउमै रहेका आमाबुबा, दिदी भाइसँग कुरा गर्ने फुर्सद उनीहरूलाई हँुदैन । यस्तो कुराले दुःख लाग्छ ।
मेरो टेलिभिजन
टिभी हेर्छु । नेसनल जोग्राफी हेर्छु । मेरो छोरा, नातिनीलगायत सबै सङ्गीतको काममा छन् । उनीहरूको काम टेलिभिजनमा हेर्न पाइन्छ । सिरियल हेर्दिनँ । देश विदेशका समाचारहरू हेर्छु । दिल्लीबाट नेपाल वान टेलिभिजन आउँछ । केही दिनपछि भए पनि त्यसबाट नेपालका समाचार हेर्न पाइन्छ ।
मेरो चलचित्र
चलचित्र हेर्ने गर्छु । पहिलो पटक हेरेको नेपाली चलचित्र ‘आमा’ हो । हलमा नै गएर हेरेको । पछिल्लो समय हेरेको नेपाली चलचित्र ‘दपर्ण छायाँ’ । यो घरकै थियो । मलाई चलचित्रको सबैभन्दा मनपर्ने पक्ष भनेको सङ्गीत नै हो । नेपाली चलचित्र आमा हेर्दा त्यसमा सङ्गीतकारको नाम विदेशी देखेको थिएँ । त्यतिबेला मलाई कस्तो कस्तो लागेको थियो । नेपाली सङ्गीतकारको नाम किन आएन भनेर । त्यसपछि ‘माइती घर’ चलचित्रको पनि भयङ्कर चर्चा भयो । त्यसमा पनि सङ्गीतकारमा जयदेवको नाम थियो । त्यसले पनि मन दुख्यो । अनि नेपाली सङ्गीतमा होमिएँ । मन परेको भन्दा पनि आफूले मिहिनेत गरेकाले होला ‘कुसुमे रुमाल’, ‘सम्झना’ र तुलसी घिमिरेले बनाएका चलचित्र प्रायः परेका छन् । ‘दक्षिणा’ पनि पर्छ ।
मेरो रोग
भगवानको कृपाले ब्लड पे्रसरभन्दा अन्य केही रोग छैन । यो पनि वंशाणुगत रोग हो । घर छेउमै डाक्टर छन् । समय समयमा होलबडी चेपअप गर्ने गरेको छु । कहिलेकाहीँ महिनामै पनि पूरै शरीर चेकअप गर्छु । सबैभन्दा राम्रो परिवारसँग छु । सबैसँग मिल्छु । मेरो स्वस्थ्यको राज नै यही हो । मेरो ठठ्टा गर्ने बानी पनि छ । त्यसैले म बच्चादेखि बुढासम्मको प्रिय छु ।
मेरो राजनीति
राजनीतितिर अलिकति पनि इन्ट्रेस्ट छैन । नेताहरू अलिअलि चिन्छु । नेपाली नेता भेटेको छैन । पहिलेदेखि नै इन्डियन भएर बसेको भएकाले भोट उतै खसाल्ने गरेको छु ।
मेरो मापसे
म मापसे गर्ने मात्र होइन । बेलुका मात्ने गरेको छु । छोराहरूले कुनै समय ह्विस्की दिन्छन्, ठन्डा लाग्दै गएपछि कोही बेला ब्रान्डी ल्याइदिन्छन् । घरमा सजाएर राख्ने गरेको त छैन । यसरी राखेको मन पनि पर्दैन । मदिरा प्रायः पानीसँग खान्छु ।
मेरो सङ्गीत
सङ्गीत सबैको सुन्छु । मनपर्ने गायक गायिका धेरै छन् । हिन्दी फिल्मको कुरा गर्दा लता, आसा भोस्ले, किशोर कुमार । नेपालीमा नारायण गोपाल, प्रेमध्वज प्रधान, अरुणा लामा । नारायण गोपालले मेरा लागि दक्षिणा चलचित्रमा गाएको गीत ‘यो मुटुलाई’ सारै मनपर्छ । सायद आफ्नो भएर, मनभित्र बसेको होला ।
मेरो भूल
कहिले कहिले लाग्छ सङ्गीतमा लागेर भूल गरेछु । मानिसको जीवनमा उतार चडाव त आइहाल्छ । जबसम्म चढाउ आउँदैन । उतार मात्र आएको बेला अलिकति हतासिइन्छ । मलाई पनि त्यस्तो भएको थियो । तर अहिले केही छैन । म जन्मेको, पढेको र बढेको दार्जलिङमा हो । त्यहाँ गजमेरहरूको ५, ६ वटा सुन पसल छ । त्यो सबै छोडेर निस्किए थिएँ, सायद भूल त्यही थियो कि ।
मेरो घर
मुम्बईमा बिल्डिङ बनाउन सकिन्न । फ्ल्याट किनेर बस्नुपर्छ । मेरो पनि फ्ल्याट छ । मेरो छोराको पनि छ । आफ्नै पौरखले किनेको । सबै आधुनिक छ । वस्तुशास्त्रको विस्वास लाग्छ । घरमा पनि मिलेको छ । केही दिन पहिले घर किनबेच गर्ने एजेन्ड नेपाल जाने भए फ्ल्याट बिक्री गर्नु भनेका थिए । त्यो बेला मैले मूल्य सोधँे । उसले भने एक करोड पच्चीस लाख मिल्छ । त्योभन्दा पनि बढी म प्रयास गर्छु उनले भनेका थिए ।
मेरो राशि
मेरो जन्मले तुला राशि । नामले कुम्भ राशि । ग्रहदशा हेराएको छैन । ग्रहशान्ति पनि अहिलेसम्म गरेको छैन । मतलभ लाग्दैन । आँैठीहरू लाएको छैन । तपाईं दिनुहुन्छ भने नाइँ भन्दिनँ ।
मेरो सौन्दर्य
सौन्र्दयतिर सारै सजग छु । उमेरमा त झन् सजक थिएँ । म धेरै ह्यान्डसम त भइनँ तर टिपटप भएर हिँड्न मनपथ्र्यो । मलाई हिरो जस्तो छ भनेर केटी मन पराउँदै हिँड्थे । म र मेरो श्रीमती सानैदेखि एकै ठाउँमा हुर्किएका हौँ । अहिले पनि बाहिर निस्किँदा आफैले केही लगाउनु पर्दैन । छोरा छोरी, नाति नातिनाले तेल, क्रिस जे जे आवश्यक छ । त्यो लगाइ दिन्छन् ।
मेरो प्रेम
पहिलो प्रेमिका नै श्रीमती हुन् । अहिले उनी छैनन् । उनीसँग मात्र प्रेम भयो । हामीसँगै बढेको र पढेको पनि हो । अरू केटीहरूले मलाई लभ गर्ने आँट गर्दैन थिए । म पनि उनीसँगै भएकाले अरूको वास्तै गर्दिन थिएँ । मेरो प्रेम, श्रीमती मेरी सोल्टिनी हुन् । मेरी भाउजूकी बैनी । मेरो दाजु र भाउजूको जब विवाह भयो । भाउजूको आमा गर्भवती हुनुहन्थ्यो । विवाह भएर आए पनि भाउजूको आमाको डेलिभरी भएछ । तर केही समयपछि उहाँको आमा र बुबाको हैजाको कारणले निधन भएको रहेछ । त्यो बच्चालाई भाउजूले लिएर घर आउनु भएछ । उहाँ घरमा आउँदा म पनि जन्मिएको थिए । त्यो समय मेरो आमाले उसलाई र मलाईसँगै राखेर पाल्नुभएको थियो तर आमाले उसलाई आफ्नो दूध खुवाउनु भएन । त्यतिबेलादेखि उसलाई कान्छी बुहारी भन्नुहुन्थ्यो रे । त्यसरी मेरो प्रेम, विवाह भयो ।
मेरो सपना
खासै केही छैन । भगवानले सङ्गीतमा मलाई जति दिएको छ । त्यो अरूलाई दिन सकौँ भन्ने छ । म आफूलाई म भयङ्कर हो भन्न खोजेको होइन । यो जीवन छोडेर जाने हो । मसँग जति प्रतिभा छ । जति अनुभव छ, त्यो सबै छोडेर जाने हो । बाँढेर जाने हो । त्यसैले धेरैभन्दा धेरैले लाभ लियोस् भन्ने मेरो चाहना हो ।
मेरो मृत्यु
मृत्यु ध्रुव सत्य हो । शरीर मात्र मर्ने हो । आत्म कहिलै मर्दैन अरे । गरेको कर्म मर्दैन । सङ्गीत कर्म गर्दा गर्दै यो शरीर छोड्न पाऊँ । सबैको यही चाहना हुन्छ । २, ४ वर्षएसम्म बिरामी भएर सबैलाई दुःख दिएर बिजोक हुन्, कसैलाई पनि मन पर्दैन ।
यो जीवनकथा पनि पढ्नुहोस्
सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन
सांसद अञ्जना विशंखेको जीवन : पहिलो मागी, पछिल्लो प्रेम
सांसद हितबहादुर तामाङको जीवन : गृहमन्त्री बादलले मासुभन्दा मीठो अन्डाकरी बनाउन सिकाए
पूर्वमन्त्री प्रकाशशरण महतको जीवन : ग्रहदशा बिग्रेकाले चुनाव हारियो
डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना
सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें
मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा
पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ
मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु
सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो
मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु
भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो
रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ
‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत
गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो
पत्रकार देवप्रकाश त्रिपाठीको जीवन : किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ
काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक
अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन
कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु
धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल
सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड
काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ
मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित
प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’
कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्
नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध
अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें
साहित्यकार खगेन्द्र संग्रौलाको जीवन : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें
लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ
नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न
नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन
========================
नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब
सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो
मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु
राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ
प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्
खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार
पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार
एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर
सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें
अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु
प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं
लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो
पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें
गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा
नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे
नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई
कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो
केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन
पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो
किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन
अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ
यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ
चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ
सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्
मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु
मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्
अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ
सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो
महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना
पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन
रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए
गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो
दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…
ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो
देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ
किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु
पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण
कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन
रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो
कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ
सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ
राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम
मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ
शंकर पोखरेल मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो
उपेन्द्र सुब्बा मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो
वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ
योगेश भट्टराई मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो
प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य
फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’
लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य
चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य
कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड