शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेस–राप्रपाको महाधिवेशन सर्‍यो, एमालेले प्रतिनिधि टुंग्यायो

तीन देशमा राजदूत सिफारिस, बागमतीमा नयाँ सरकार गठन
बिहीबार, ११ कात्तिक २०७८, २० : ४२
बिहीबार, ११ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनामा ११ गते बिहीबार । आज देशभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

आजका प्रमुख समाचारमा काँग्रेस र राप्रपाको महाधिवेशन सारिएको, एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगाएको, मन्त्रिपरिषद् बैठकका निर्णय, बागमतीमा नयाँ सरकार गठन भएको, प्रधानसेनापतिको भारत भ्रमण तय, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।

१. काँग्रेस र राप्रपाको महाधिवेशन सर्‍यो

नेपाली काँग्रेस र राप्रपाको महाधिवेशन सारिएको छ । काँग्रेसको महाधिवेशन सारेर मंसिर २४ देखि २६ गतेसम्म गर्ने तय भएको छ भने राप्रपाको मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय भएको छ ।

२. एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगायो

नेकपा एमालेले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने भएको छ । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले  १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

​यसबीच माओवादीले पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको मापदण्ड तय गरेको छ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ स् ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । उनीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन् । अष्टलक्ष्मी सरकार ढलेपछि बागमतीमा गठबन्धन सरकार बनेको हो ।

५. सेयर बजारको कुरा

यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । यसैबीच बिहीबार नेप्सेमा १३ अंकको वृद्धि भयो ।

​६. भारत जाँदै प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी कात्तिक २३ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

७. प्रहरीमा सानो दर्तामा पद थप्न अलमल

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव गृह मन्त्रालयमै अड्किएको छ । प्रहरी प्रधान कार्यालयले ०७७ चैतमा पद थप्ने प्रस्ताव गरेको थियो । प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर पद थप्ने प्रस्तावमा कुनै निर्णय हुन सकेको छैन । सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र बरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयको सो प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । अर्थबाट स्वीकृत भएर सो प्रस्ताव गृहमा फर्किएको छ । तर, गृह मन्त्रालयले सो प्रस्तावलाई अघि बढाएको छैन ।

८. लाइसेन्सको अनलाइन फाराम बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ ।  अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

​९. कोरोना अपडेट

बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा नेकपा विप्लव नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको दावी गरेका छन् ।

​लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ । बिहीबार अपराह्न ५ बजेतिर मन्त्री शाही सवार भे १ झ ३३१ नम्बरको गाडीले लु ७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विवेकशील साझाले अध्यक्ष रवीन्द्र मिश्र मार्ग परिवर्तन दस्तावेज पारित गरेको छ । विहीबार बसेको मिश्र पक्षीय केन्द्रीय कमिटी बैठकले “मार्ग परिवर्तन स् विचारभन्दा माथि देश ” लाई अङ्गीकार गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ । २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।

​सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुन सकेन । अदालतमा प्रधानन्यायाधीशको राजीनामालाई लिएर विवाद हुँदै आएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप