शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

बिहीबार, ११ कात्तिक २०७८, ११ : ४६
बिहीबार, ११ कात्तिक २०७८

सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्साल* निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । लम्साल बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार  आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए ।  बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ । 

*यसअघि समाचारमा लम्साल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप