सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने
बिहीबार, ११ कात्तिक २०७८, ११ : ४६
सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्साल* निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । लम्साल बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ ।
*यसअघि समाचारमा लम्साल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
