बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

बिहीबार, ११ कात्तिक २०७८, १७ : ०५
बिहीबार, ११ कात्तिक २०७८

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ ।  अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ ।  लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप