लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द
बिहीबार, ११ कात्तिक २०७८, १७ : ०५
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ । अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण