हाइड्रोपावर चम्किँदा नेप्सेमा १३ अंकको वृद्धि
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा थप १३ अंकको वृद्धि भएको छ । गत बुधबार १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको नेप्सेमा बिहीबार थप १३.०४ अंकको वृद्धि हुँदै २७८२.१६ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.४२ अंकले बढेर ५२०.९८ पुगेको छ । यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक अधिकतम २.२१ प्रतिशत माथिले बढेको छ भने माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशतले वृद्धि भएको छ ।
आज बैंकिङ, ट्रेडिङ होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल सफन्ड ऋणात्मक भएका छन् भने बाँकी समूहहरु धनात्मक भएका छन् । १३ अंकले बढेको बजारमा आज कुल ५ अर्ब ३९ करोड ५२ लाखको कारोबार भएको छ । गत बुधबार १८ अंकले बढेको बजारमा ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण