बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छः प्रचण्ड

बिहीबार, ११ कात्तिक २०७८, १९ : ४५
बिहीबार, ११ कात्तिक २०७८

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा नेकपा विप्लव नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको दावी गरेका छन् ।
चितवनमा माडीमा कार्यकर्ता प्रशिक्षणमा बिहीबार अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।’ उनले  इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने पनि दावी गरे । 

अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’ उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए । एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप