विप्लवलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छः प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा नेकपा विप्लव नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको दावी गरेका छन् ।
चितवनमा माडीमा कार्यकर्ता प्रशिक्षणमा बिहीबार अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।’ उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने पनि दावी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’ उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए । एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण