न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए ।
उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालय भित्रबाटै हुनुपर्ने बताए ।
अध्यक्ष भट्टराईले भने,‘पहिलो कुरा यति ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट जुन संविधान बनायौँ, त्यसक्रममा राज्यका स्थायी अंग हुन्छन्, न्यायालय, सुरक्षा अंग, तिनीहरुमा पर्याप्त रुपान्तरण र परिवर्तन सकेनौँ, त्यो कारणले न्यायाधीशको नियुक्तिदेखि लिएर सबै प्रक्रिया त्रुटिपूर्ण छन्, भागबण्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो, अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो ।’
भट्टराईले यसको निरुपण न्यायालय भित्रैबाट गर्नु राम्रो हुने बताए । अध्यक्ष भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण