१२ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक कात्तिक २९ गते
नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ । २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।
सभामुख सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाए ।
एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै प्रतिनिधिसभाको बैठकमा बिरामी भएर उपचारका कारण प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ । सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले जोगाएको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको १३ वटा बैठक अवरुद्ध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण