शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ? (सूची)

अधिकांशमा सर्वसम्मत, भैरहवामा घनश्याममाथि विष्णु हाबी
बिहीबार, ११ कात्तिक २०७८, ०९ : ३२
बिहीबार, ११ कात्तिक २०७८

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको थियो।

लामो सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकाङ्क्षीले दाबी नछाडेपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका मतदान भएको छ । यस्तै नवलपरासी जिल्लाको सुनवल र बर्दघाट नगरपालिका मतदानबाट नेतृत्व छान्नु परेको हो । रुपन्देहीको सिद्धार्थनगरमा दुईवटा प्यानल भएर चुनावी मैदान गएका थिए । अध्यक्षमा थानेश्वर पौडेल र युवा नेता चक्र बहादुर थापा चुनावी मैदानमा उत्रेका थिए ।

रुपन्देहीमा उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल पक्षका नेताले दाबी नछोड्दा चुनाव भएको बताइएको छ । त्यहाँ विष्णु पौडेल पक्षका चक्रबहादुर थापाको समूहले घनश्याम भुसालनिकट उम्मेदवारहरूलाई पराजित गरेका छन् । घनश्याम स्वकीय सचिवले समेत हार बेहोरेका छन् । रुपन्देहीमा अन्य नगरपालिकामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । बुटवल सहित अधिकांश मंगलबार चयन भए पनि तिलोत्तमा , देवदह भने बुधवार साँझ सर्वसम्मत नेतृत्व चयन भएको हो । अझै रुपन्देहीको सियारी गाउँपालिकामा पनि सहमतिको प्रयास जारी छ।

रुपन्देहीमा पालिकामा नेतृत्व

बुटवल उपमहानगरपालिका

अध्यक्ष  : किशन ज्ञवाली

तिलोत्तमा नगरपालिका

अध्यक्ष  : तामानाथ पाण्डे

उपाध्यक्ष  : नेत्र वन

सचिव  : मिन प्रसाद पोखरेल

उपसचिव  : गणेश उपाध्याय र संगीता गुरुङ

देवदह नगरपालिका

अध्यक्ष  : टिकाराम चापागाईं

उपाध्यक्ष  : हिरा थापा

सैनामैना नगरपालिका

अध्यक्ष  : चेतनारायण न्यौपाने

शुद्धोधन गाउँपालिका

अध्यक्ष  : बिष्णु गौतम

लुम्बिनी सांस्कृतिक नगरपालिका

अध्यक्ष  : निसार अहमद

गैडहवा गाउँपालिका

अध्यक्ष  : भुवन राना

कञ्चन गाउँपालिका

अध्यक्ष  : दिनानाथ आचार्य

कोटहिमाई गाउँपालिका

अध्यक्ष  : राजकुमार गौण

ओमसतिया गाउँपालिका

अध्यक्ष  : ​ ईन्द्रकुमार गुरुङ

रोहिणी गाउँपालिका

अध्यक्ष  : सुनीलकुमार कौशल

मर्चवारी गाउँपालिका

अध्यक्ष  : ​ केशरनाथ गिरी

सम्मरिमाई गाउँपालिका

अध्यक्ष  : ईनुक मुसलमान

मायादेवी गाउँपालिका

अध्यक्ष  : साधुशरण साहनी

सिद्धार्थनगर नगरपालिका  

अध्यक्ष  : चक्रबहादुर थापा

सियारी गाउँपालिका  

सहमतीको प्रयास

कपिलवस्तुका १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा एमालेले कपिलवस्तु जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका १० पालिका मध्ये ६ नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेता विष्णु पन्थीले बताए ।

 नेकपा एमाले महाराजगञ्ज नगरपालिकाको अध्यक्षमा निजामुद्दीन डफाली सर्वसम्मत चयन भएका छन्।

  शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल, कपिलवस्तु नगरपालिका अध्यक्षमा श्याम प्रजाप्रति, बुद्धभूमि नगर कमिटी अध्यक्ष देवी बेल्बासे, बाणगंगा नगरपालिकाको अध्यक्ष युवराज पोख्रेल र कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्य सर्वसम्मत चयन भएका छन्।

 त्यसैगरी, नेकपा एमाले विजयनगर गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा थर्क बहादुर खन्गाहा, मायादेवी गाउँपालिका कमिटी अध्यक्षमा जगन्नाथ चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्षमा राम विलास कुर्मी र यशोधरा गाउँ कमिटी अध्यक्षमा हराम सरिफ मुसलमान सर्वसम्मत चयन भएका छन्।

बाँकेमा अधिकांश नेतृत्व सर्वसम्मत

बाँके जिल्ला अधिकास पालिकाहरुमा सर्वसम्मत रुपमा नयाँ नेृतत्व चयन भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ। खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन्।

जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित भएका छन्।

राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको छ।

नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित भएका छन्।

नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन्।

रुकम पूर्वमा तीन तहमै नेतृत्व चयन

नेकपा एमाले रुकुमपूर्वका तीन स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ।

एमाले नेताहरुका अनुसार भूमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बिक, उपसचिवमा दिपा सुनार र सिजन कुमार नेपाली चयन भएका हुन।

यस्तै पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन भएको एमाले रुकुमपूर्वले जनाएको छ।

नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिव लिलामणि गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देबकोटा र मानबहादुर खड्का उपसचिवमा चयन भएको बताए ।

अर्घाखाँचीको को–को ?

अर्घाखाँचीमा ६ पालिकामै सर्वसम्मत चयन भएका छन् । अधिकासं पुरानौ कार्यसमिति बाट आएकाहरुलाई बढुवा यहाँ गरीएको एमाललेका कार्यकर्ताहरु बताउछन् । 

सन्धिखर्क नगरपालिका

अध्यक्ष  : श्रीकृष्ण भुसाल

उपाध्यक्ष  : शिव अधिकारी

सचिव  : कुशल भुसाल

उपसचिव  : रिता के.सी.

उपसचिव  : लक्ष्मण पराजुली

भूमिकास्थान नगरपालिका

अध्यक्ष  : मणिराम पौडेल

उपाध्यक्ष  : चिरञ्जीवी खनाल

सचिव  : टामलाल भट्टराई

उपसचिव  : ज्ञानु सारू

उपसचिव  : झुपलाल खनाल

शितगंगा नगरपालिका

अध्यक्ष  : वसन्त श्रेष्ठ

उपाध्यक्ष  : सञ्जय राना

सचिव  : ऋषि घिमिरे

उपसचिव  : शिवकला बि.क.

पाणिनी गाउँपालिका

अध्यक्ष  : कमल प्रसाद घिमिरे

उपाध्यक्ष  : जीवलाल घिमिरे

सचिव  : गुनाखर अधिकारी

उपसचिव  : सुनिता भट्टराई

उपसचिव  : ओमप्रकाश पोख्रेल

छत्रदेव गाउँपालिका

अध्यक्ष  : रामजी प्रसाद पाण्डे

उपाध्यक्ष  : रूपा प्रधान

सचिव  : तेज प्रसाद खनाल

उपसचिव  : घनश्याम पाण्डे

उपसचिव  : नर बहादुर आले

मालारानी गाउँपालिका

अध्यक्ष  : शालिकराम आचार्य

उपाध्यक्ष  : विष्णु प्रसाद मिश्र

सचिव  : नारायण प्रसाद अर्याल

उपसचिव  : दिपा पोख्रेल

उपसचिव  : बिष्णु प्रसाद पौडेल

नवलपरासीको को–को ?

नवलपरासीको सात पालिकामा पनि नयाँ नेतृत्व चयन भएको छ । जहाँ ५ वटा सर्वसम्मत र दुईवटा मतदानबाट नेतृत्व छान्नु परेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता तथा नवलपरासीमा सांसद बैजनाथ चौधरीले बताए । यहाँ सुनवल र वर्दघाट नगरपालिका मतदान गर्नु परेको हो ।अन्यमा सर्वसम्मत रुपमा नेतृत्व छनौट भएको छ ।

रामग्राम नगरपालिका

अध्यक्षः हरिलाल यादव

उपाध्यक्षः सन्तबहादुर चौधरी

सुनवल नगरपालिका

अध्यक्षः दुर्गानारायण सुवेदी

उपाध्यक्षः सुरज अर्याल

सचिवः मुरली गौतम

उपसचिवः धनमाया गौतम र पदमबहादुर क्षेत्री

बर्दघाट नगरपालिका

अध्यक्षः रबिन्द्र विक्रम हमाल

उपाध्यक्षः शिवदेव न्यौपाने

सचिवः कृष्णप्रसाद गौतम

उपसचिवः गौमाया पराजुली र देवीदत्त सापकोटा

पाल्हीनन्दन गाउँपालिका

अध्यक्षः अशोक राजभर

उपाध्यक्षः आशिस खातुन

सचिवः अनिल मिश्रा

उपसचिवः क्यामुद्धिन अन्सारी र रम्भा हरिजन

सुनवल गाउँपालिका

अध्यक्षः सुरेश यादव

उपाध्यक्षः डि भट्टराई

सचिवः देवराज चौधरी

उपसचिवः अनुष्का चौधरी राय र अनिल कुमार यादव

प्रतापपुर गाउँपालिका

अध्यक्षः अनुग्र कुमार यादव

उपाध्यक्षः राजेश हरिजन

सचिवः रबिन्द्र सिंह ठकुरी

उपसचिवः नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल

सुस्ता गाउँपालिका

अध्यक्षः ज्ञानप्रसाद पाठक

उपाध्यक्षः गणेशप्रसाद उपाध्याय

सचिवः कृष्ण पन्त

उपसचिवः दिलबहादुर महत्तो

 गुल्मीमा कस्तो नेतृत्व

गुल्मीमा नौ पालिकामा नेतृत्व चयन भएको छ । एमाले नेता गोकर्ण विष्ट र प्रदीप ज्ञवालीको गृह जिल्ला गुल्मीमा अझै २ वटा पालिका भने नेतृत्व चयनको लागि छलफल चलिरहेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका अध्यक्ष हरि पोखरेल र पदम प्रसाद अर्यालबीच चुनाव मैदानमा रहेका छन् । अझै मत परिमाण आएको छैन् धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा विवादले अधिवेशन लम्बिएको छ ।

मुसिकोट नगरपालिका

अध्यक्ष  : प्रकाश काफ्ले

चन्द्रकोट गाउँपालिका

अध्यक्ष  : धाचानन्द शर्मा गौतम

कालीगण्डकी गाउँपालिका

अध्यक्ष  : रामजी ढकाल

सत्यवती गाउँपालिका

अध्यक्ष भिमप्रसाद पाण्डे

रुरुक्षेत्र गाउँपालिका

अध्यक्ष  : फर्सुराम ज्ञवाली

छत्रकोट गाउँपालिका

अध्यक्ष  : पिताम्बर अर्याल

गुल्मीदरबार गाउँपालिका

अध्यक्ष  : कृष्ण खनाल

इस्मा गाउँपालिका

अध्यक्ष  : राजेन्द्र विक्रम कुँवर

मालिका गाउँपालिका

अध्यक्ष ओम कार्की

पाल्पाका सबै पालिकामै सर्वसम्मत नेतृत्व

तानसेन नगरपालिका

अध्यक्ष  : गुराँस आत्रेय

उपाध्यक्ष  : शशि श्रेष्ठ

सचिव  : महेशलाल शाक्य

रामपुर नगरपालिका

अध्यक्ष  : विष्णु रेग्मी

उपाध्यक्ष  : तोयानाथ सारु

सचिव  : कृतिनाथ श्रेष्ठ

तिनाउ गाउँपालिका

अध्यक्ष  : प्रेम श्रेष्ठ

उपाध्यक्ष  : रोमहादुर लम्तरी

रम्भा गाउँ कमिटी

अध्यक्ष  : योगेन्द्रप्रसाद गैरे

उपाध्यक्ष  : उमानसिंह सारु

सचिव  : विजय रानाभाट

रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष  : रामप्रसाद ज्ञवाली

उपाध्यक्ष  : दानबहादुर थामी

सचिवमा मानबहादुर थामी 

रिब्दीकोट गाउँपालिका

अध्यक्ष  : आशिष विश्वकर्मा

उपाध्यक्ष  : भिम सारु

सचिव  : दानबहादुर कुँवर

बगनासकाली गाउँ कमिटी

अध्यक्ष  : हरि पाठक

उपाध्यक्ष  : सरस्वती चिदि

सचिव  : ओमप्रकाश गैरे

माथागढी गाउँपालिका

अध्यक्ष  : तेज घर्तीमगर

सचिव  : शेरबहादुर विक

पूर्वखोला गाउँपालिका

अध्यक्ष  : जीवन आचार्य

उपाध्यक्ष  : मानबहादुर सारु

निस्दी गाउँपालिका

अध्यक्ष  : नरेश सुनारी

उपाध्यक्ष  : किरण श्रेष्ठ

प्यूठानमा ७ पालिकामा सर्वसम्मत

नौबहिनी गाउँपालिका

अध्यक्षः विष्णु केसी

उपाध्यक्षः लाल बहादुर घर्ति

सचिवः दलराज पुन

उपसचिवः जनक बुढामगर

उपसचिव (समावेशी) : रिता बुढा

झिमरुक गाउँपालिका

अध्यक्षः इन्द्रमणि पोख्रेल

उपाध्यक्षः पदम बहादुर खड्का

सचिवः ध्रुवराज खनाल

उपसचिवः लिला जिसी

उपसचिव (समावेशी) : सरस्वती पोख्रेल

मल्लरानी गाउँपालिका

अध्यक्षः सुनिल शाही ‘लेकाली’

उपाध्यक्षः याम बहादुर केसी

सचिवः नोमराज पौडेल

उपसचिवः किरण सुनार

उपसचिव (समावेशी) : सिता विक

माण्डवी गाउँपालिका

अध्यक्षः याम बहादुर घिमिरे

स्वर्गद्वारी नगरपालिका

अध्यक्षः रामप्रसाद श्रेष्ठ

सरुमारानी गाउँपालिका

अध्यक्षः वसन्त जिसी

ऐरावती गाउँपालिका

अध्यक्षः श्याम थापा

दाङका १० पालिकामा नेतृत्व चयन

दाड जिल्ला २ उपमहानगरपालिका १ नगरपालिका र ७ वटा पालिकाहरुमा सर्वसम्मत रुपमा मंगलबार राति नयाँ नेतृत्व चयन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरलले गृह जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेकोमा पोखरेलले फेसबुकमार्फत बधाई दिँदै सार्वजनिक गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका

अध्यक्ष  : माधव वली

उपाध्यक्ष  :लक्ष्मण चौधरी

सचिव  : रुप बहादुर खत्री

उपसचिवः युवा करारा र छवि खरेल

घोराही उपमहानगरपालिका

अध्यक्ष  :भुवन चौधरी

उपाध्यक्ष  : तारा पुरी

सचिव  : इन्द्र बुढाथोकी

उपसचिव  : काशी खनाल र कुलबहादुर गोतामे

शान्तिजगर गाउँपालिका

अध्यक्ष  :धनबहादुर केसी

उपाध्यक्षः थम्मन कनौ

सचिव  :टीकाराम रिजाल

बबई गाउँपालिका

अध्यक्ष  :जित बहादुर ओली

उपाध्यक्ष  :शारदा शाह

सचिव  :धन बहादुर डाँगी

उपसचिव  :टोपबहादुर चौधरी र सबि कुमारी खड्का

राप्ती गाउँपालिका

अध्यक्ष  :मदन अधिकारी

उपाध्यक्ष  :कमलापती चौधरीे

सचिव  :भरतमणी न्यौपाने

उपसचिव  :रामबहादुर सुनार र रामबहादुर केसी

गढवा गाउँपालिका

अध्यक्ष  : बाबुराम अधिकारी

उपाध्यक्ष  :मधा न्यौपाने

सचिव  :शिवराज पन्थी

उपसचिव  : केशरी गिरी र मानबहादुर वली

लमही नगरपालिका

अध्यक्ष  :दण्डीराम चौधरी(७१ सदस्यीय)

उपाध्यक्ष  :पुनम गिरी

सचिव  :भानु जोशी

उपसचिव  :अनिता शर्मा र सुदर्शनराज थापा

राजपुर गाउँपालिका

अध्यक्ष  :हेमकुमार जिसी

उपाध्यक्ष  :गोविन्द नेपाली

सचिव  :मन्साराम यादव,

उपसचिव  : सिमाली झाँक्री र लोकबहादुुर खड्का

बंगलाचुली गाउँपालिका

अध्यक्ष  : पुष्पराज भण्डारी (४७ सदस्यीय)

उपाध्यक्ष  :भीमबहादुर खत्री

सचिव  :भोजराज पन्त

उपसचिव  : धनबहादुर खड्का

दंगीशरण गाउँपालिका

अध्यक्ष  :रेशम वली

त्यस्तै बाँकेको कोहलपुर नगरपालिकामा सहमतिको प्रयास जारी छ । गुल्मीको धुर्कोट र मदाने गाउँपालिकामा मात्रै नेतृत्व चयन हुन बाँकी छ। प्यूठानको प्यूठान नगरपालिका गौमुखी गाउँपालिकामा सहमतिको प्रयास भइरहेको छ। बर्दियामा बाढी पहिरो र नेतृत्वको आकांक्षाका कारण नेतृत्व चयन हुन नसकेको अध्यक्ष एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले रातोपाटीलाई बताए । बर्दिया केही दिनपछि गरिने छ । रोल्पाको थवाङमा बिहीबार चुनाव हुनेछ भने रोल्पा नगरपालिकामा पनि केहि दिन लाग्‍ने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप