शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै

बिहीबार, ११ कात्तिक २०७८, १८ : ४८
बिहीबार, ११ कात्तिक २०७८

प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी कात्तिक २३ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 भ्रमणको क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । उनले आफ्ना समकक्षी नरवणे लगायत भारतीय सेनाका अन्य अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । भ्रमण सकि उनी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप