शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझा : रवीन्द्र मिश्र पक्षद्वारा मार्ग परिवर्तन दस्तावेज पारित

संयोजक पाण्डेले भने– वैकल्पिक राजनीतिका लागि कालो दिन
बिहीबार, ११ कात्तिक २०७८, १६ : ४१
बिहीबार, ११ कात्तिक २०७८

विवेकशील साझाले अध्यक्ष रवीन्द्र मिश्र मार्ग परिवर्तन दस्तावेज पारित गरेको छ । विहीबार बसेको मिश्र पक्षीय केन्द्रीय कमिटी बैठकले “मार्ग परिवर्तन : विचारभन्दा माथि देश ” लाई अङ्गीकार गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई पार्टीको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको प्रवक्ता शरदराज पाठक जानकारी दिए ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको उनको भनाइ छ ।

यसैगरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान पनि संशोधन गरेको छ।  पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको पाठकले बताए । यता पार्टी संयोजक मिलन पाण्डेले मिश्र समूहको निर्णय वैकल्पिक राजनीतिका लागि कालो दिन भएको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने, ‘ रवीन्द्र मिश्रजीले दोस्रोपटक पार्टी विभाजन गर्नुभयो । यो वैकल्पिक राजनीतिका लागि कालो दिन हो ।’

यस्तै उनले अध्यक्ष मिश्रलाई बैठक बोलाउने अधिकार नभएको भन्दै अनधिकृत रुपमा बसेको बैठकबाट भएका निर्णय आफूहरुलाई स्वीकार्य नहुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप