शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, १४ कात्तिक २०७९, २१ : ००
सोमबार, १४ कात्तिक २०७९

आज २०७९ कात्तिक १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा माओवादी केन्द्रको घोषणापत्रमा यस्ता छन् एजेण्डा, नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक, हिन्दु राष्ट्रको एजेण्डासहित राप्रपाको घोषणापत्र सार्वजनिक, सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, उम्मेदवारी खारेजविरुद्ध तोसिमाको रिट निवेदन दर्ता, ‘नो नट अगेन’ लगायत माथिको प्रतिबन्धविरुद्ध रिट निवेदन दर्ता लगायत छन् ।

१. माओवादी केन्द्रको घोषणापत्रमा यस्ता छन् एजेण्डा 
नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनलाई लक्षित गर्दै सोमबार घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्नेदेखि लिएर माओवादी केन्द्रले गरिबीको रेखामुनि रहेकालाई बिना धितो ऋण दिनेसम्मका प्रतिबद्धता घोषणापत्रमा गरेको छ ।

३. हिन्दु राष्ट्रको एजेण्डासहित राप्रपाको घोषणापत्र सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा हिन्दु राष्ट्रका साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्लाई मुख्य एजेण्डा बनाइएको छ ।

५. नेताहरुको निर्वाचन केन्द्रित अभिव्यक्ति
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा नेताहरु मतदातालाई रिझाउन व्यस्त छन् । यस क्रममा उम्मेदवारहरुले विभिन्न प्रतिबद्धता जाहेर गरिरहेका छन् भने कतिपयले प्रतिस्पर्धीमाथि प्रश्नसमेत उठाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप