मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको घोषणापत्र : सातवटै प्रदेशमा बाहुल्यताका आधारमा सरकारी कामकाजको भाषा

सोमबार, १४ कात्तिक २०७९, १४ : ५९
सोमबार, १४ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा सात वटै प्रदेशका लागि बाहुल्यताका आधारमा सरकारी कामकाजको भाषा तोकेको छ । स्रोतका अनुसार संविधानको मर्म र भावना बमोजिम प्रदेशको भाषा तोक्ने र प्रदेशको भाषा स्वतः संघको कामकाजको भाषामा प्रयोग गर्ने नीति लिइने गरी माओवादी केन्द्रले सात वटै प्रदेशका लागि भाषा तोकेर घोषणापत्रमा समेटेको हो ।

स्रोतका अनुसार माओवादीले प्रदेश १ मा वान्तवा (राई भाषा), लिम्बू र मैथिली, मधेस प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका भाषालाई प्रदेशको भाषाका रुपमा घोषणापत्रमा तोकेको छ । 

यस्तै, बागमती प्रदेशमा तामाङ र नेपाल भाषा, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा, लुम्बिनी प्रदेशमा मगर, थारु र अवधि, कर्णाली प्रदेशमा मगर र तामाङ, सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई माओवादी केन्द्रले प्रदेशको भाषा तोक्ने गरी घोषणापत्रमा प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप