बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

२०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने नेकपा समाजवादीको घोषणा

सोमबार, १४ कात्तिक २०७९, १३ : ३७
सोमबार, १४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीले घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रबर्द्धन गर्ने गरि व्यवस्था मिलाउने जनाएको छ । 

सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा सो पार्टीले यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने जनाएको छ । 

ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गर्ने जनाएको सो पार्टीले विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत लाइन जडान गरिने जनाएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्थाका साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप