तोसिमा कार्कीको रिट दर्ता, मंगलबार पेसी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।
आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा.तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलार्य निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी थिइन् ।
उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।
यसअघि रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा एक न्यायाधीशको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको थियो । यद्यपि राजु गुरुङ र तोसिमा कार्कीको मुद्दाको प्रकृति फरक छ । रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएवापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण