२५ वर्षदेखि नवलपरासी पश्चिमको विकास किन भएन त्रिपाठीलाई प्रश्न गर्नुहोला : विनोद चौधरी
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले निरन्तर यस क्षेत्रबाट चुनाव जितेर सत्तामा पुग्ने नेता हृदयेश त्रिपाठीले यस क्षेत्रको विकास किन नगरेको भनी प्रश्न गर्न जनतालाई आग्रह गरेका छन्। नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चौधरीले यस्तो प्रभावशाली नेताको क्षेत्र यसरी विकासमा पिछडिएको देखेर चिन्ता व्यक्त गर्दै जनताले ती नेतालाई प्रश्न गर्न अनुरोध गरेका हुन्।
‘म यस क्षेत्रमा आएको आज २१ दिन भयो । यहाँका धेरै क्षेत्र डुलेर समस्याका चाङहरू सुनेपछि लाग्यो अपार सम्भावना भएर पनि ७७ वटै जिल्ला मध्येको पिछडिएको क्षेत्र बनेको रहेछ,’ चौधरीले भने, ‘यत्रो वर्षसम्म जनताहरू किन आफूले जिताएको प्रतिनिधिलाई प्रश्न गर्दैनन् । यहाँको विकास भएन भनेर किन सोध्दैनन् ?’
आफूले जिताएको प्रतिनिधिलाई जवाफदेही बनाउनुपर्ने हरेक नागरिकको कर्तव्य भएको चौधरीले बताए । चुनाव जितेर जाने तर विकासका नाममा माखो नमार्ने प्रवृत्ति अब नचल्ने र जनताको समस्यालाई कुल्चिएर हिँड्ने छुट कसैलाई नभएको भन्दै चौधरीले आक्रोश व्यक्त गरे । नेपालमा विकासको कुल बजेटको १५ प्रतिशत समेत खर्च नहुनु दुखद रहेको बताउँदै बजेट अभाव भएर नभै नेतृत्वको भिजन र सोचको अभाव भएको उनको दाबी थियो ।
नेपाली कांग्रेस वडा कार्यसमिति बर्दघाट–२ ले आज चिसापानीमा गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उम्मेदवार चौधरीले बुटवल नारायणगढ सडक खण्डको दुरावस्थाले नवलपरासीको विकासलाई बन्दी बनाएर राखेको उल्लेख गरे ।
सुस्ताको डुबान र गण्डक पीडितको समस्यालाई पटक–पटक आफ्ना कार्यक्रमहरूमा उठान गर्दै आएका चौधरीले एकातर्फ डुबान पीडितको समस्या अर्कातर्फ सिँचाइको अभावमा किसान विस्थापित हुनुपर्ने अवस्था विडम्बना रहेको बताए । गण्डक सम्झौतामा नेपालले पाउनुपर्ने अधिकार र सुविधाको सम्झौताको फाइल वर्षौँसम्म दराजमा थन्किएर बसेको भन्दै बन्द फाइल चाँडै खोल्ने बेला आएको चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण