घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने समाजवादीको घोषणा
नेकपा एकीकृत समाजवादीले १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, असहाय र विपन्नको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक घोषणापत्रमा ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
‘सबै नागरिकलाई सहजरुपमा अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी गरिबीको रेखामुनि रहेका जनताका लागि रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने,’ घोषणा पत्रमा उल्लेख छ । यस्तै, घोषणा पत्रमा मुटु, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने जनाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, कलेजोको रोगलगायत जटिल र र्दीघ रोग लगायतका बिरामीलाई उपचार र औषधी खर्चबापत मानिसक पाँच हजार सहयोग उपलब्ध गराइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण