मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने समाजवादीको घोषणा

सोमबार, १४ कात्तिक २०७९, १५ : ४८
सोमबार, १४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीले १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, असहाय र विपन्नको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक घोषणापत्रमा ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।  

‘सबै नागरिकलाई सहजरुपमा अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी गरिबीको रेखामुनि रहेका जनताका लागि रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने,’  घोषणा पत्रमा उल्लेख छ । यस्तै,  घोषणा पत्रमा मुटु, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने जनाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, कलेजोको रोगलगायत जटिल र र्दीघ रोग लगायतका बिरामीलाई उपचार र औषधी खर्चबापत  मानिसक पाँच हजार सहयोग उपलब्ध गराइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप