एकीकृत समाजवादीले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने

नेकपा एकीकृत समाजबादीेले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । सार्वजनिक घोषणा पत्रमा विकट गाउँहरुका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
‘आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप,विपद् तथा महामारीबाट घाइते तथा बिरामीहरुको उद्धार र सम्पूर्ण उपचार निशुल्क गराउन गरिने’ घोषणापत्रमा उल्लेख छ । सबै नगरपालिका र गाउँपालिकामा अनिवार्य रुपमा एम्बुलेनस व्यवस्था गरेर बिरामीलाई अस्पताल पुर्याउन व्यवस्था गरिने जनाइएको छ ।
यस्तै, प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टरहरुसहितका सुविधासम्पन्न एक हजार शैथ्याको अस्पताल प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमाम २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैथ्याको सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चान गर्न पहल गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध