माओवादी केन्द्रको घोषणापत्र : काठमाडौंमा मोनो रेल र मेट्रो रेल सञ्चालन

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । सो पार्टीले सोमबार सार्वजनिक गर्ने तयारी गरिरहेको घोषणापत्रमा काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने उल्लेख रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । यस्तै, चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि घोषणापत्रमा उल्लेख रहेको स्रोतले जानकारी दियो ।
यस अतिरिक्त पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने प्रतिबद्धता पनि माओवादी केन्द्रले घोषणापत्रमा समेटेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक