चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने बताए ।
सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताए । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई सिंहले आग्रह गरे ।
'अवसर पाउँदा कसले के गरिरहेको छ ? कुन राजनीति दल के गरिरहेको छ ? कुन नेता के गर्दैछन् ? यी सब को लेखाजोखा गर्नुपर्छ । यसलाई हेरेर मतदान गर्दा विवेकपूर्ण निर्णय लिनुपर्छ,' उनले भने ।
राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको उनको भनाइ छ । प्रशासनिक निकाय सिस्टममा नचल्दा भनसुन बिना काम हुन नसक्ने अवस्था बनेको सिंहले बताए ।
नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचारको अन्त्य र विधिको शासन कायम गराउन कांग्रेसलाई मत दिन उनले आग्रह गरे ।
नेता सिंहले शिक्षा र रोजगारी सुनिश्चितताका लागि आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । संकटमा मुलुकलाई निकास र जनताको विकासको चाहना काँग्रेस मात्रै पुरा गर्न सक्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण