मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : प्रकाशमान सिंह

सोमबार, १४ कात्तिक २०७९, ०९ : ०६
सोमबार, १४ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको  सरकार बन्ने बताएका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले  नै नेतृत्व गर्ने बताए ।


सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताए । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले  यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई सिंहले आग्रह गरे ।

'अवसर पाउँदा कसले के गरिरहेको छ ?  कुन राजनीति दल के गरिरहेको छ ? कुन नेता के गर्दैछन् ? यी सब को लेखाजोखा गर्नुपर्छ  । यसलाई हेरेर मतदान गर्दा विवेकपूर्ण निर्णय लिनुपर्छ,' उनले भने ।

राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको उनको भनाइ छ । प्रशासनिक  निकाय  सिस्टममा नचल्दा भनसुन बिना काम हुन नसक्ने अवस्था बनेको सिंहले बताए । 

नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचारको अन्त्य र विधिको शासन कायम गराउन  कांग्रेसलाई मत दिन उनले आग्रह गरे ।

नेता सिंहले शिक्षा र रोजगारी सुनिश्चितताका लागि आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे  । संकटमा मुलुकलाई निकास र जनताको  विकासको चाहना काँग्रेस मात्रै पुरा गर्न सक्ने उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप