बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

निर्वाचनपछि दुई तिहाइको गठबन्धनको सरकार : मन्त्री कार्की

सोमबार, १४ कात्तिक २०७९, ०९ : १२
सोमबार, १४ कात्तिक २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पारे । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गरे । 

‘विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सिर्जनाका लागि आउने सरकारले योजनासहित अघि बढ्ने छ,‘ उनले भने । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश भएको जनाउहुँदै सबैलाई सम्मान र सबै धर्म, भाषालाई सम्मान गर्ने जनप्रतिनिधि चयन गर्नका लागि उनले आग्रह गरे । झुटको पुलिन्दा बाँड्ने र सामाजिक सद्भाव बिगार्ने तत्त्वबाट सावधान रहनका लागि समेत मन्त्री कार्कीले सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप