राप्रपाको घोषणापत्र : सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरिएको छ । यस्तै, प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा दिइने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । काठमाडौँको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन सञ्चालन गर्ने बताइएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याइनेछ र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ । यस्तै, ‘वडा स्वास्थ्य केन्द्र’ मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने व्यवस्था गरिने भनिएको छ । घोषणापत्रमा आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास र बिस्तार गर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो